कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिकाले राजश्व सम्बन्धी संचालन गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै

कालिका। कालिका नगरपालिकाले नगरक्षेत्रका व्यवसायिलाई करको दायरामा ल्याउन राजश्व सम्बन्धी सचेतनामूलक अभियानलाई तीब्र बनाएको छ । स्थानीय बजार व्यवस्थापन समितिका पद्धाधिकारी सहित नगर क्षेत्रभित्रका मुख्य-मुख्य बजार पुगेर व्यवसायिहरुलाई समयमै राजश्व तिर्न सचेत गराईरहेका छन् ।
कालिका नगरपालिकाले यो वर्ष ५ करोड राजश्व संकलनगर्ने लक्ष्य लिएको छ । लक्ष्य पुरागर्न व्यवसायिहरुलाई करको दायरामा ल्याउनुको विकल्प छैन । सूचना अधिकारी प्रकाशचन्द्र पौडेलका अनुसार कालिका नगरपालिकामा १४ सयबढी करदाताहरु छन् । पालिका र वडा कार्यालयवाट करदाताको प्रमाणपत्र लिएका १४ सयबढी व्यवसायिहरु छन्। कृषि फर्मदेखि सबै प्रकृतिका व्यवसायगर्नेहरुको संख्या हो यो । यो बाहेक पुरानो संरचना अनुसार घरेलुमा मात्रै दर्ता भएका केही व्यवसायिहरुपनि भेटिएका छन् । उनिहरु समेत स्थानीयतहमा दर्ताहुनुपर्ने प्रावधान छ । सबै व्यवसायिहरुलाई करको दायरामा ल्याउन सचेतनामूलक अभियाननै नगरपालिकाले संचालन गरेको अनुगमन समिति संयोजक समेत रहनुभएकी नगर उप–प्रमुख विमला तामाङले बताउनुभयो।
नगरपालिकाले संचालन गरेको यो अभियानवाट व्यवसायिहरुपनि खुशी छन् । आर्थिक मन्दीका बेला व्यवसायिहरुको समस्यालाई मध्यनजरगर्दै नगरपालिकाले व्यवसायिक दर्ता र नविकरणमा दिएको छुटलाई अवसरको रुपमा लिने व्यवसायिहरु बताउँछन् । खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष सविता अधिकारीले नगरपालिकाको यो अभियानवाट व्यवसायिहरु उत्साहित रहेको बताउनुभयो । खोलेसिमल बजार क्षेत्रका अधिकाङस व्यवसायिहरु करको दायरामा आइसकेको छन् । प्राविधिक समस्या र केही छिटफुट बाहेक अधिकाङस व्यवसायिहरु नगरपालिकामा दर्ता र नियमित नविकरण गरेर व्यापार व्यवसाय गरिहेको खोलेसिमल बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
२ वर्षभन्दाबढी समयदेखि नविकरण नभएका करदाताको व्यवसायिक नविकरणमा लाग्ने जरिवाना शुल्क छुटदिने पौष २९ गते बसेको नगर सभाले निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयनगर्न नगरपालिका अन्तर्गत रहेको राजश्व परामर्श समिति सक्रिय बनेको हो । उसो त यो अभियान प्रभावकारी बन्दै गएको छ । व्यवसायिहरु दर्ता र नविकरणका लागि वडा र पालिकाको कार्यालय पुग्न थालेका छन् । वडा र नगरपालिकामा सकारात्मक प्रभाव देखिन थालेको छ । वडा नं. ६ का सचिव नारायण प्रसाद अधिकारीका अनुसार मंगलवार मात्रै वडा नं. ६ मा घरवहाल कर र व्यवसायिक कर मात्रै १ लाख ५० हजारको हाराहारीमा राजश्व संकलन भएको छ ।
नगरपालिकाले लिएको लक्ष्य अनुसार रावश्व संकलनहुनेमा जनप्रतिनिधि र कर्मचारीहरु ढुक्क छन् । यो आर्थिक वर्षमा अहिले सम्म ३ करोड ७४ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन भइसकेको छ । राजश्व परामर्श समिति सदस्य सचिव समेत रहनुभएका नगरपालिकाका बरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले व्यवसायिहरुलाई करको दायरामा ल्याउने मात्रै नभई स्थानीय बजारलाई व्यस्थित बनाउने कालिका नगरपालिकाको योजना रहेको बताउनुभयो ।
यो बीचमा बजारलाई व्यवस्थ्ति बनाउन स्थानीय व्यवसायिहरुसँग गोष्ठि, सेमिनार सँगै बजार अनुगमनलाई प्राथमिकता दिएर अघि बढिरहेको जानकारी दिनुभयो । चैत २० गतेदेखि आर्थिक वर्ष खुलाएर प्रत्येक करदाताहरुको पसलमा स्टिकर टाँस्ने नगरपालिकाको योजना छ ।चैत ४ गतेदेखि कालिकाको क्लबचोकदेखि सुरुभएको अभियान अन्तर्गत पदमपुर बजार, जुटपानी बजारहुँदै आज खोलेसिमल बजार क्षेत्रका व्यवसायिहरुलाई कर (राजश्व) बारे जानकारी गराए । अनुगमन समिति संयोजक समेत रहनुभएकी उप प्रमुख विमला तामाङको नेतृत्वमा बजार क्षेत्र पुगेका टिममा वडा अध्यक्षहरु, स्थानीय बजार व्यवस्थापन समितिका पदाधिकारी, नगरपालिकाका कर्मचारीहरु सहभागि छन् ।





चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]