कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरमा चैत १७ गते राप्रपाको आमसभा हुने-अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने ।

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वी चितवनको रत्ननगरमा यही चैत १७ गते शनिबार आमसभा हुने गएको छ । राप्रपा चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको सो सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लगायतका केन्द्रीय स्तरका नेताहरले सम्बोधन गर्ने छन् । सौराहाचोक र टाँडीचोकमा रहेको रत्ननगर बसपार्कमा विहान ११ बजेबाट कार्यक्रम सुरु हुने छ । क्षेत्रीय समितिले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको तयारीको बारे जानकारी गराएको हो । आमसभामा पार्टी केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय कार्यसम्पादन सदस्य दिपक सिंहले सम्बोधन गर्ने क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए । आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनीतिक अबस्था र राप्रपाको धारणा सार्वजनिक गर्ने क्षेत्रीय अध्यक्ष खनालले बताए । आम सभाको तयारी पूरा भगको र पूर्वी चितवनका घरघरमा निमन्त्रणा पठाइएको छ । ठुलादलहरु प्रति जनताको वितृष्णा बढिरहेका बेला राप्रपाले आम सभा मार्फत राजनीतिक कार्यदिशा जनतालाई बुझाउन कार्यक्रम आयोजना गरेको हो । पत्रकार सम्मेलन नेताहरु जिल्ला सदस्य हरि अधिकारी, गणेशजंग रायमाझी, यानप्रसाद डल्लाकोटी, प्रदेश समितिका सहसचिव माधव भट्टराई, प्रदेश ख समिति अध्यक्ष, हरिशरण भट्टराई रत्ननगर नगर समितिका अध्यक्ष गोविन्द कँडेल, खैरहनी नगर समितिका अध्यक्ष देबराज कँडेल, राप्ती नगर समितिका अध्यक्ष गोपाल पाण्डे लगायतको सहभागिता रहेको थियो । यसैबीच सो पार्टीले सोमबार रत्ननगरमा होलीमिलन कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले एकआपसमा रंग दलेर शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा बागमती प्रदेश समितिका उपाध्यक्ष प्रदेश सांसद ज्ञानजंग लामा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

