Listen Live: 

रत्ननगरमा चैत १७ गते राप्रपाको आमसभा हुने-अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने ।

Radio Chitwan
सोमवार, चैत्र १२, २०८०

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वी चितवनको रत्ननगरमा यही चैत १७ गते शनिबार आमसभा हुने गएको छ । राप्रपा चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको सो सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लगायतका केन्द्रीय स्तरका नेताहरले सम्बोधन गर्ने छन् । सौराहाचोक र टाँडीचोकमा रहेको रत्ननगर बसपार्कमा विहान ११ बजेबाट कार्यक्रम सुरु हुने छ । क्षेत्रीय समितिले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको तयारीको बारे जानकारी गराएको हो । आमसभामा पार्टी केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय कार्यसम्पादन सदस्य दिपक सिंहले सम्बोधन गर्ने क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए । आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनीतिक अबस्था र राप्रपाको धारणा सार्वजनिक गर्ने क्षेत्रीय अध्यक्ष खनालले बताए । आम सभाको तयारी पूरा भगको र पूर्वी चितवनका घरघरमा निमन्त्रणा पठाइएको छ । ठुलादलहरु प्रति जनताको वितृष्णा बढिरहेका बेला राप्रपाले आम सभा मार्फत राजनीतिक कार्यदिशा जनतालाई बुझाउन कार्यक्रम आयोजना गरेको हो । पत्रकार सम्मेलन नेताहरु जिल्ला सदस्य हरि अधिकारी, गणेशजंग रायमाझी, यानप्रसाद डल्लाकोटी, प्रदेश समितिका सहसचिव माधव भट्टराई, प्रदेश ख समिति अध्यक्ष, हरिशरण भट्टराई रत्ननगर नगर समितिका अध्यक्ष गोविन्द कँडेल, खैरहनी नगर समितिका अध्यक्ष देबराज कँडेल, राप्ती नगर समितिका अध्यक्ष गोपाल पाण्डे लगायतको सहभागिता रहेको थियो । यसैबीच सो पार्टीले सोमबार रत्ननगरमा होलीमिलन कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले एकआपसमा रंग दलेर शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा बागमती प्रदेश समितिका उपाध्यक्ष प्रदेश सांसद ज्ञानजंग लामा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram