कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
गृहमन्त्रीसँग कालिकाका मेयर रेग्मीको भेट, सुरक्षा र विकासबारे छलफल

कालिका । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरको समग्र शान्ति सुरक्षा तथा विकास निर्माणका विषयमा गृहमन्त्री रवि लामिछानेसँग भेट गरी छलफल गरेका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमै पुगेर उनले गृहमन्त्री लामिछानेसँग भेट गरी शान्तिसुरक्षाको लागि प्रहरी कार्यालय स्थापना र विकास निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् । सो अबसरमा मेयर रेग्मीले गृहमन्त्रीसँग आफुले कालिका नगरपालिकाको समग्र सुरक्षालगायत विकास निर्माण तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए । भेटमा उनले नगरपालिकामा प्रहरी निरीक्षक (ईन्सपेक्टर) सहितको दरबन्दी रहने गरी प्रहरी कार्यालय स्थापना गर्न पनि माग गरेका छन् । उनले उक्त विषय समेटेर गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । ध्यानर्कषणपत्र बुझेपछि गृहमन्त्री लामिछानेले स्थानीय सरकार प्रमुखले राखेको प्रहरी कार्यालय स्थापना तथा विकास निर्माणको विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]