Listen Live: 

झुवानी सामुदायिक पुस्तकालयकाे सेवा सम्बन्धी जनप्रतिनिधिसंग अन्तर्क्रिया

Radio Chitwan
शुक्रबार, चैत्र ९, २०८०

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी सामुदायिक पुस्तकालयले गरेका कामकाे उपलब्धी र भावी याेजनाबारे जनप्रतिनिधिहरुसंग शुक्रबार अन्तर्क्रिया गरिएकाे छ । वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा पुस्तकालयका अध्यक्ष अनिल अर्यालले पुस्तकालयले गरेका समुदाय केन्द्रीत कार्यक्रम र त्यसकाे उपलब्धि सार्वजनिक गरेका छन् । साे पुस्तकालयले स्थापनाकाल देखि रमाईलाे पढाई, प्राविधिक ज्ञान सेवा, कृषिका लागि माैसमी सुचना, महिला सशक्तिकरणकाे लागि थिएटर कार्यक्रम, आमाकाे माया, बछाैली साक्षता अभियान, किशाेरी लक्षित ट्याग कार्यक्रम, व्यवसायिक कृषि तालिम तथा सीप मुलक तालिम सञ्चालन गर्दै आएकाे छ । पुस्तकालयले हाल पुस्तकालय सेवा तथा शिक्षा सम्बन्धी कार्यक्रम, स्वास्थ्य, सुचना प्रविधि, महिला लक्षित सहकारी सेवा, दिगाे विकास र आयआर्जन, युवा लक्षित कार्यक्रम, सुरक्षित आप्रावसन तथा बैदेशिक राेजगार सम्बन्धी सचेतना मुलक कार्यक्रम, एम्बुलेन्स सेवा, मातृशिशु तथा अन्य स्वास्थ्य शिविर गरिदै आएकाे अध्यक्ष अर्यालले जानकारी दिए । कार्यक्रममा पुस्तकालयले गरेका कामकाे उपलब्धि समेत प्रस्तुत गरिएकाे छ । विद्यालय र समुदाय विकासकाे लागि सेटलाइट सेन्टरकाे रुपमा टराैली, साैराहा, हर्नहरी र माडीमा पुस्तकालय स्थापना, सहकारीमा बचत गर्ने बानीकाे विकास, साना तथा घरेलु उद्योग, किराना पसल सञ्चालन, व्यवसायिक कृषि तथा पशुपालनकाे लागि सहजकर्जा, बैदेशिक राेजगारीमा ठगीमा न्यूनीकरण भएकाे अध्यक्ष अर्यालले जानकारी दिए । कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष बासु ढुंगानाले पुस्तकालय मार्फत समाज रुपान्तरण गर्न सकिन्छ भन्ने झुवानी सामुदायिक पुस्तकालयले प्रमाणित गरेकाे बताए । समुदायले स्थापना गरेकाे पुस्तकालयले समुदायकाे हितमा अर्थपूर्ण काम गरेकाे भन्दै उनले पुस्तकालयकाे समयकाे माग अनुसार स्तराेन्नती आवश्यक रहेकाे बताए । कार्यक्रममा वडाध्यक्षहरु साेहेन्द्रराज खरेल, कृष्ण चाैधरी, किरण चाैधरी, अनन्त अधिकारी, पाेटबहादुर घिमिरे, रामकुमार चाैधरी, कार्यकहाक वडाध्यक्ष चन्द्रकला पनेरु, झुवानी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्री आचार्य लगायतले मन्तव्य राखेका थिए । पुस्तकालयका सचिव विजय चाैधरीले सञ्चालन गरेकाे साे कार्यक्रममा उपाध्यक्ष शेषप्रसाद सापकाेटाले स्वागत मन्तब्य राखेका थिए ।

आन्य समाचारहरु:-
March 25, 2025
पुग्यो WorldLink को १० लाख ग्राहाक

१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।

February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram