Listen Live: 

आदिवासी जनजाति साँस्कृतिक महोत्सव स्महोत्सव सफल पार्न नगर समितिको ऐक्यवद्धता

Radio Chitwan
बिहिबार, चैत्र ८, २०८०

भरतपुर । ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ लाई सफल तुल्याउन आदिवासी जनजाति महासंघको भतरपुर नगर समितिले सबैमा आग्रह गरेको छ। आदिवासी जनजाति समुदायको पहिचान बोकेका महोत्सव सफल पार्न सबैको सहयोग आवश्यक परेको भन्दै महासंघलाई नगर समितिबाट पूर्ण सहयोग रहेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

नेपाल आदिवासी जनजाति महासंघ भरतपुर महानगर समितिका अध्यक्ष अजयकमार तामाङले शुक्रबार हुने उद्घाटको लागि पनि महानगरमा बसोबास गर्ने सबै जातजातिलाई आग्रह गरिएको जानकारी दिए।

महासंघले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हुँदा नगर समितिबाट पनि ऐक्यवद्धता जाहेर गरिएको उनको भनाइ छ। ‘महोत्सवले आदिवासी जनजाति समुदायको समग्र इतिहासहित पहिचान बोकेको छ,’ उनले भने, ‘त्यसकारण जसरी भए पनि महोत्सव सम्पन्न गर्नुछ।’ यो महोत्सवले आदिवासी जनजातिको जीवन र संस्कार नै बोकेको हुँदा अन्य मेला महोत्सवको तुलनामा यो महोत्सव पृथक रहेको उनको दाबी छ।

नारायणी नदी किनारमा हुने महोत्सवको लागि आदिवासी जनजातिको गाउँ नै निर्माण गरिएको हुँदा समग्र चितवनका आदिवासी जनजाति मिलेर बसेको गाउँ हेर्न पनि महोत्सवको अवलोकन गर्नु आवश्यक रहेको अध्यक्ष तामाङले जानकारी दिए। ‘यो महोत्सव अवलोकन गर्न पाउनु पनि एउटा महत्त्वपूर्ण अवसर हो,’ उनले भने, किनकि आदिवासी जनजातिको यथार्थ बुझ्न पनि महोत्सवले विशेष भूमिका खेल्नेछ।’

भोलि शुक्रबारदेखि सुरु हुने महोत्सव चैत १८ गतेसम्म चल्नेछ। करिब ३०० बढी व्यावसायिक स्टल राखिएको महोत्सवबाट करिब एक करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा लिइएको छ। महात्सव सम्पन्न पार्नको लागि करिब ८० देखि ८५ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram