Listen Live: 

रत्ननगर वडा नं १६ मा कर संकलन गर्न घरदैलो

Radio Chitwan
बुधबार, चैत्र ७, २०८०

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ मा व्यावसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान सुरु गरिएको छ । करको दायरा बाहिर रहेका व्यवसायीलाई करको दायरामा ल्याउन र व्यवसाय नविकलको लागि वडाका जनप्रतिनिधि र कर्मचारीहरुले घरदैलो अभियान सुरु गरेका हुन् । मंगलबारदेखि सुरु भएको अभियान अन्तर्गत व्यवसायीको घरदैलोमा पुगेको टोलीले कर संकलन, व्यवसाय दर्ता, नविकरण र व्यवसाय दर्ता गरेपछि हुने फाइदाको विषयमा जानकारी समेत दिने गरेको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । कृषि र पशुपालनमा निर्भर रहेको सो वडामा व्यवसायिक पसल तथा उद्योगहरु सानो संख्यामा रहेका छन् । वडाभित्र रहेका हरेक किसिमका व्यवसायीलाई करको दायरामा ल्याएर राजश्व संकलन बृद्धि गर्ने लक्ष्य रहेको उनले बताए । सो वडाले आर्थिक बर्ष २०७९÷८० मा ३७ लाख राजश्व संकलन गरेको थियो । चालु आर्थिक बर्षमा ४० लाख संकलन गर्ने लक्ष्य सहित अभियान सुरु गरिएको वडाध्यक्ष थापाले बताए । घरदैलोमा जनप्रतिनिधिहरु वडाध्यक्ष थापा सहित वडा सदस्य रिता विक, सरिता गुरुङ, चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, वडा सचिव मन्जु पौडेल, कम्प्युटर अपरेटर मीना धिताल, दिवस घिमिरे र कार्यालय सहायक कमल दुवाडी रहेका छन् ।

आन्य समाचारहरु:-
March 25, 2025
पुग्यो WorldLink को १० लाख ग्राहाक

१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।

February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram