१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।
विपन्न महिलालाई मखमलको जुत्ता चप्पल बनाउने तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ मा विपन्न महिलालाई आत्मनिर्भर बनाउन मखमलको चुत्ता, चप्पल बनाउने पाँच दिने तालिम सुरु भएको छ । रत्ननगर नगपालिका वडा नं ३ वडा कार्यालयको आर्थिक सहयोगमा उद्यमशिल महिला समूह वडा समितिले आयोजना गरेको तालिम ३५ जनाको सहभागिता रहेको छ । कार्यक्रममा वडाध्यक्ष सोहेन्द्रराज खरेलले सीप विकास मार्फत विपन्न समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताए । उत्साहित भएर तालिममा सहभागी हुन आग्रह गर्दै वडाध्यक्ष खरेलले सीकेको सीपलाई आयआर्जनसंग जोड्न आग्रह गरे । रत्ननगर नगरपालिकाले विपन्न महिलाहरुलाई लक्षित गरि जीवन उपयोगी सीपमुलक तालिम सञ्चालन गरिरहेको भन्दै उक्त तालिममा सहगागी भएर जीवन सहज बनाउन आग्रह गरे । नगर स्तरीय उद्यमशिल महिला समूह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई उद्यमी बनाउन नगरका १६ वटै वडामा स्थानीय सरकारसंग सहकार्य गरि सीपमुलक तालिम सञ्चालन भइरहेको बताइन् । तालिमको प्रशिक्षकमा उद्यमशिल महिला समुहकी नगर अध्यक्ष गोमा अम्गाई रहेकी छन् । वडा समिति अध्यक्ष रुपा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य इश्वर जम्मरकट्टेल, उपकार टोल विकास संस्थाका अध्यक्ष कृष्ण अधिकारी, जलदेवी टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण सिंखडा, खानेपानी उपभोक्ता संस्थाकी कोषाध्यक्ष सरस्वती लामा लगायतले मन्तव्य राखेका थिए । समितिकी सचिव सविता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सदस्य सुरुची गैरेले स्वागत मन्तब्य राखेकी थिइन् ।
कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]