कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
जुटपानी बजार क्षेत्रका व्यवसायिहरुलाई चैत मसान्तभित्र व्यापार व्यवसाय नविकरण गर्न सुझाव।

कालिका, ६ चैत । स्थानीय व्यवसायिहरुलाई करको दायरामा ल्याउन कालिका नगरपालिकाले सुरु गरेको राजश्व सम्बन्धि सचेतनामूलक कार्यक्रम अन्तर्गत आज जुटपानी बजार क्षेत्रमा राजश्वबारे व्यवसायिहरुलाई जानकारी गराइएको छ । ‘कर तिर्नु नागरिकको कर्तव्य मात्रै होइन, सम्मान पाउने अवसरपनि हो’ भन्ने नाराका साथ हिजोदेखि यो अभियान सुरु गरिएको हो ।
स्थानीय व्यवसायिले नगरपालिकामा दर्ता भए नभएको, दर्ता भएकाहरु निरन्तर राजश्व तिर्न प्रेरितगर्ने, दर्ता नभएकाहरु तत्काल वडा र पालिकामा आफ्नो व्यापार व्यवसायदर्तागर्न सचेत गराउँदै टोली हिडेका थिए । दर्ता भएर पनि लामो समयदेखि कर (राजश्व) नतिरेका व्यवसायिहरुलाई चैत मसान्त सम्मका लागि जरिवाना छुट गरिएको छ । चैत महिनाभित्र कर(राजश्व) तिरे कुनैपनि जरिवाना शुल्क तिर्नुपर्दैन कालिका नगरपालिकाका उप-प्रमुख एवम अनुगमन समिति संयोजक विमला तामाङले भन्नुभयो । –‘यो सँगै अन्य विशेष योजनाका साथ नगरपालिका अगाडी बढिरहेको छ ।
नगर उपप्रमुख तामाङको नेतृत्वमा सचेतना मूलक कार्यक्रम भइरहेको छ । सचेतना मूलक कार्यक्रममा बरिष्ठ लेखा अधिकृत एवम राजश्व शाखा प्रमुख ऋषिप्रसाद कडुवालले लामो समयदेखि नविकरण नभएका व्यवसायिहरुलाई सहज बनाउने उद्देश्यले नगरपालिकाले सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । नगरपालिका स्थापना भएको बेला नगरपालिकामा व्यवसाय दर्तागर्ने क्रम बढेको भएपनि पछिल्ला समयमा नविकरणगर्न नआउने भएपछि आर्थिक ऐन अनुसार नविकरणका लागि लाग्ने जरिवाना छुटगर्ने २०८० पौष २९ गतेको नगरसभाले निर्णय गरेको थियो । दर्ता भएर नविकरण हुन नआएका र दर्ताकै प्रकृयामा नगएका व्यवसायिहरुलाईपनि करको दायरामा ल्याउने उद्देश्यले कालिकाको पाँचवटा बजार क्षेत्रमा सचेतनामूलक कार्यक्रम भइरहेको उहाँले बताउनुभयो ।
विश्व्यापी रुपमा भइरहेको आर्थिक मन्दिका कारण व्यसायिहरुलाई समस्या नहोस भनेर निश्चित समयको सीमा राखेर कर जरिवाना छुटगर्ने निर्णयलाई नगरभित्रका सबै व्यवसायिहरुलाई जानकारी दिन आफुहरु बजार बजार पुगेर कर सम्बन्धि सचेतनामूलक कार्यक्रमगर्दै हिडेको उहाँले जानकारी दिनुभयो ।
यो दोश्रो चरणको कार्यक्रम हो । यस अघि प्रत्येक वडाको कार्यालयमा फ्लेक्स प्रिन्ट टाँसगर्ने काम भएको छ । त्यो सँगै स्थानीय बजार व्यवस्थापन समिति, उद्योग संघ लगायतका व्यवसायिक संघ संस्थाहरुसँग बसेर छलफल समेत भएको थियो । बजार व्यवस्थापन समितिले पनि बजार क्षेत्रका व्यवसायिहरुलाई समयमै राजश्व तिर्न आग्रहगर्दै सँगै हिडेका छन् ।
अस्तिदेखि सुरु भएको यो अभियान पाँचदिन सम्म चल्ने छ । चैत १४ गते खोलेसिमल बजार र चैत १५ गते शक्तिखोर बजार क्षेत्रमा यस्तै सचेतनामूलक कार्यक्रमहुनेछ ।



चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

