Listen Live: 

पदमपुर बजार क्षेत्रका व्यवसायिहरुलाई समयमै व्यवसाय दर्ता र नविकरणगर्न सुझाव

Radio Chitwan
सोमवार, चैत्र ५, २०८०

कालिका, ५ चैत । स्थानीय व्यवसायिहरुलाई करको दायरामा ल्याउन कालिका नगरपालिकाले सुरु गरेको राजश्व सम्बन्धि सचेतनामूलक कार्यक्रम अन्तर्गत आज पदमपुर बजार क्षेत्रमा राजश्वबारे व्यवसायिहरुलाई जानकारी गराइएको छ ।

‘कर तिर्नु नागरिकको कर्तव्य मात्रै होइन, सम्मान पाउने अवसरपनि हो’ भन्ने नाराका साथ हिजोदेखि यो अभियान सुरु गरिएको हो ।

स्थानीय व्यवसायिले नगरपालिकामा दर्ता भए नभएको, दर्ता भएकाहरु निरन्तर राजश्व तिर्न प्रेरितगर्ने, दर्ता नभएकाहरु तत्काल वडा र पालिकामा आफ्नो व्यापार व्यवसायदर्तागर्न सचेत गराउँदै टोली हिडेका थिए । दर्ता भएर पनि लामो समयदेखि कर (राजश्व) नतिरेका व्यवसायिहरुलाई चैत मसान्त सम्मका लागि जरिवाना छुट गरिएको छ । चैत महिनाभित्र कर(राजश्व) तिरे कुनैपनि जरिवाना शुल्क तिर्नुपर्दैन कालिका नगरपालिकाका उपप्रमुख एवम अनुगमन समिति संयोजक विमला तामाङले भन्नुभयो । –‘यो सँगै अन्य विशेष योजनाका साथ नगरपालिका अगाडी बढिरहेको छ ।

नगर उपप्रमुख तामाङको नेतृत्वमा सचेतना मूलक कार्यक्रम भइरहेको छ । सचेतना मूलक कार्यक्रममा बरिष्ठ लेखा अधिकृत एवम राजश्व शाखा प्रमुख ऋषिप्रसाद कडुवाल, वडा अध्यक्षहरु, अनुगमन समितिका सदस्यहरु, कर्मचारीहरु सहितको टिमले बजार क्षेत्रका व्यवसायिहरुलाई समयमै राजश्व तिर्न आग्रहगर्दै हिडेका छन् ।

हिजोदेखि सुरु भएको यो अभियान पाँचदिन सम्म चल्ने नगरपालिकाका बरिष्ठ लेखा अधिकृत एवम राजश्व शाखा प्रमुख ऋषिप्रसाद कडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार भोली ६ गते जुटपानी बजार क्षेत्र, १४ गते खोलेसिमल बजार र १५ गते शक्तिखोर बजार क्षेत्रमा कार्यक्रमहुनेछ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram