कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एनपीपीएफ स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना, भरतपुरकी मेयर रेनु भन्छिन्- यहि वर्ष भरतपुर घुमौँ

स्पेन : नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) स्पेनको अध्यक्षमा पुन: विशाल ढुङ्गाना चयन भएका छन् । चौथो अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा केशवराज कँडेल, राजेन्द्र सेढाई, महासचिवमा सूर्यप्रसाद सापकोटा धिरज चयन भएका छन् । यस्तै सचिवमा रामु गैरे, गोविन्द अधिकारी, कोषाध्यक्षमा ज्ञानबहादुर बस्नेत चयन भएका छन् ।सदस्यहरुमा उदयराज पाठक, बालकुमार बुढा, विश्वास भट्टराई, विप्लव काफ्ले, कृष्ण पौडेल, नवीन दुलाल, खेमबहादुर भण्डारी, राममणी सिलवाल चयन भएका छन् । कार्यसमितिको पहिलो बैठकले महिला उपाध्यक्ष, महिला सचिव, प्रवक्ता, महिला सदस्यहरु मनोनित गर्नेछ । नयाँ कार्यसमितिलाई भरतपुर महानगरका मेयर रेनु दाहाल, स्पेनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेका थिए ।यसैबीच बार्सिलोनामा जारी नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशनले आज (सोमबार) नयाँ कार्यसमिति चयन गर्दैछ । आइतबार सुरु भएको महाधिवेशनको राति अबेर बन्द शत्र सोमबार गर्ने गरि रोकिएको थियो । बन्दशत्रमा राष्ट्रिय कमिटिका अध्यक्षहरुको संगठनको अवस्था, भावी कार्योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दैछन् । विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि समेत छलफल गर्ने कार्यतालिका रहेको छ । महाधिवेशनको उद्घाटन गर्दै मेयर रेनु दाहालले अंकगणितीय नतिजा जेजस्तो रहेपनि देश माओवादीकै नीतिमा अगाडि बढिरहेको बताइन् ।
“गणतन्त्र, संघियता, समावेशीता लगायतका उपलब्धि जनयुद्धबाटै आएका हुन्”, उनले भनिन्, “माओवादी, जनयुद्ध भन्न डराउनुपर्दैन “, उनले भनिन्, “माओवादीकै नेतृत्वमा सरकार छ, जनताले शुशासनको अनुभूति गर्न थालेका छन्, थुप्रै हकअधिकार जनताले पाएका छन् ।” उनले भरतपुर महानगरमा भ्रमण गर्न प्रवासीहरुलाई आव्हान गरेकी छन् । “यहि वर्ष भरतपुर घुमौँ, आफन्तीलाई पनि भनौँ”, उनले भनिन्, “युरोपबाट समेत पर्यटक लैजाने गरि कार्यक्रम र प्रचार गरौँ ।”




राजदूत ढकालले स्पेनबाट कम्तिमा १ लाख पर्यटक नेपाल जाने वातावरण बनाउन पहल भैरहेको बताइन् । ” वर्षमा कम्तिमा १ लाख पर्यटक स्पेनबाट गएर घुमुन्, भरतपुरमा सक्दो पर्यटक पठाउनेछौँ”, उनले भनिन्, “मेयर दाहालको नेतृत्वले उज्यालो नेपाल बन्ने महसुस भएको छ, उहाँको जस्तै मिहेनत हरेक पालिकाहरुमा होस्, विकासका एजेन्डामा सबै मिलुन् ।”
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]