चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि, ८९ जना कोरोना मुक्त

काठमाडौं, १७ चैत्र । नेपालमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २४ जना र १ हजार ३२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ संक्रमण पुष्टि नभएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ । सोही अवधिमा ६० हजार २६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार ८१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८९ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु
कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ३९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९५१ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ७३ हजार ३०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]
काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]