Listen Live: 

नारायणी नदी नारायणगढ मै निस्कियो जोडी डल्फिन

Radio Chitwan
शनिबार, चैत्र ३, २०८०

चितवन : नारायणी नदीमा एक जोडी डल्फिन देखिएको छ । नारायणी नदीमा पहिला देखिने गरेको डल्फिन पछिल्ला वर्षहरुमा आक्कल झुक्कल निस्कने गर्दथ्यो । चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुके शनिबार बिहान नदी किनारमा डुल्दै गर्दा अचानक डल्फिन देखे । दुईवटा डल्फिन देखेका उनले एउटा डल्फिन भिडियोमा पनि कैद गरेका छन् ।‘डल्फिन यता तिर मैले कहिल्यै देखेको थिइनँ । बिहान सात बजे आसपासमा मर्निङ वाक गर्दै त्यहाँ पुगेको थिएँ । अचानक दुईवटा डल्फिन देखिए । मोबाइलमा कैद भएको छ,’ चुकेले भने । उनले बनाएको २५ सेकेन्ड जतिको भिडियोमा चार सेकेन्ड तिर एउटा डल्फिन उफ्रँदै पानी माथि निस्केको पनि देखिन्छ । नदीमा देखिएको यस्तो दुर्लभ जीवलाई जोगाउन सबैले ध्यान दिन उनले अपिल गरेका छन् ।

‘यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ । नदीमा माछा मार्न र मोटरबोटको कोहलाहल रोक्न पहल गर्न आवश्यक छ,’ चुकेले भने । चितवन निकुञ्जको स्थापनाकाल (विस२०३०)देखि नै कार्यरत रहेर निकुञ्जका अवकास प्राप्त पूर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादव नारायणगढ क्षेत्रमा नै डल्फिन देखिएको हो भने यो निकै ठूलो कुरा भएको बताउँछन् । उनले घडियाल गोही संरक्षणका लागि नारायणीमा धेरै समय बिताए ।

त्यही क्रममा नारायणी र राप्ती नदीमा डुलिरहन्थे । उनले नारायणी नदीको पश्चिम क्षेत्र नवलपरासीको अमलटारीमा सात आठवटा डल्फिन देखेका थिए । त्योभन्दा तल भेलौंजी, बगवनमा पनि राम्रै थिए डल्फिन । तर ४० को दशकपछि डल्फिन हराउँदै गयो भन्छन् यादव । ‘यता माथिल्लो क्षेत्र नारायणगढमा पनि कुनै बेला डल्फिन देखिन्थ्यो भन्ने कुरा सुनेको हो । देखेको हैन । अहिले देखिए त बडो गज्जबको कुरा भयो,’ उनले भने ।

पछिल्ला वर्षहरुमा नारायणी नदीमा नै डल्फिन देखिन एकदम कम भएको थियो । घडियाल गोहीको अनुगमन र अण्डा संकलनका लागि निकुञ्जका पूर्व संरक्षण अधिकृत बेद खड्काले नदी डुल्दै गर्दा ६६ सालसम्म लगातार जसो डल्फिन देख्थे । तर २०६७, ६८ र ६९ सालमा त्यता तिर डुंगा चढेर जाँदा कुरेरै बसे तर डल्फिन देखिएन । कतै नारायणीमा डल्फिन लोप भयो कि क्या हो भन्ने डर संरक्षणकर्मीलाई लाग्न थालेको थियो ।

तर ७० सालपछि फेरि लगातार जसो देखिएको छ । तर बढीमा दुईवटाभन्दा अरु डल्फिन देखिएको छैन । डल्फिन पानीमा बस्ने तर अण्डा हैन बच्चा नै जन्माउने जीव हो । त्यसैले यो मानवसँग निकै निकट छ भन्छन यादव । आकारमा माछाभन्दा ठूलो भए पनि डल्फिनले मान्छेलाई कुनै हानी गर्दैन । मान्छे देख्दा रमाउने जीव हो भन्छन यादव । तर मान्छे डल्फिन संरक्षणमा संवेदनशील नभएको उनको गुनासो छ ।

नारायणगढ गौरेश्वर मन्दिरभन्दा तल गोडाकोट क्षेत्रबाट आएको सानो भंगोलो मिसिने मझुवा वन छेउमा उत्तमलाल चुकेले डल्फिनको भिडियो खिचेका हुन् । ‘नारायणगढमै देखिएछ, सायद तलबाट माथि चढ्दै त्यहाँसम्म गएको होला । यो अझै माथि देवघाटसम्म पनि पुग्न सक्छ । त्योभन्दा माथि पनि जाला । कसैले यसलाई हानी पुर्‍याउन सक्लान । त्यसो नगर्न सबैलाई सजग बनाउँ,’ यादवले भने ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram