कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चेपाङ संरक्षण केन्द्रमा निरकला शर्मा सहित तीन जना सम्मानित

रत्ननगर । रत्ननगर वडा नं ११ मंगलपुरमा रहेको गामबेसीँको चेपाङ संरक्षण केन्द्रले शिक्षा र स्वास्थ्यमा योगदान गरेका तीनजना सामाजिक व्यक्तित्वलाई शनिबार सम्मान गरेको छ । केन्द्रले शिक्षासेवी निरकला शर्मा सहित शन्तिमेड नेपालकी अध्यक्ष रुथ गोन्सेथ र सोही संस्थाका देशिय निर्देशक कुट जान्सेरलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एलवी क्षेत्री, केन्द्रका अध्यक्ष केपिकिरण शर्मा र सल्लाहकार रामकुमार अर्यालले तीनै जनालाई सम्मानपत्रले सम्मान गरेका थिए । असहाय बृद्ध कल्याणा समाजकी संस्थापक अध्यक्ष, गायत्री मानव सेवा ट्रष्टकी अध्यक्ष तथा शिक्षासेवी शर्मा आफु अपाङ्ग हुँदाहुँदै पनि विस्ताराबाटै सामाजिक काम गर्दै आएकी छन् । रुथ गोन्सेथले शान्तिमेड नेपाल संस्था मार्फत रत्ननगर अस्पतालको स्तरोन्नती र सेवा सुधारमा काम गर्दै आएकी छन् । अस्पतालमा भवन निर्माण तथा उपकरण सहयोग, छालाको प्रभावकारी उपचार र साउथ एशियामै पहिलो पटक सोलार सिस्टमबाट रत्ननगर अस्पतालमा डाइलासिस सेन्टर सञ्चालन गरेकी उनले लामो समय देखि शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएकी छन् । केन्द्रका सल्लहाकार देवेन्द्रकुमार श्रेष्ठले शर्मा, गोन्सेथ र जान्सेरले शिक्षा र स्वास्थ्यमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार क्षेत्रीले चेपाङ बालबालिकाको शिक्षाको लागि केपीकिरण शर्माले गरेको काम सामान्य नभएको भन्दै राज्यले सहयोग गर्नुपर्ने बताए । सौराहाका स्थापित व्यवसायी समेत रहेका अर्यालले आर्थिक अभावका कारण शिक्षाबाट बन्चित बालवालिकाको भविश्व निर्धारणको लागि शर्माको प्रयास उदाहरणीय रहेको बताए । कार्यक्रममा केन्द्रका सल्लहाकारहरु शंकर खनाल, केशव खनाल, हरिकृष्ण खनाल, सुरेशचन्द्र आचार्य, रवि रोषी,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतको सहभागिता रहेको थियो । रत्ननगरमा १२ बर्ष अघि स्थापना भएको केन्द्रमा हाल १४२ जना चेपाङ बालबालिका आक्षित छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]