Listen Live: 

सन् २०१२ मा आजकै दिन : तेन्दुलकरको रेकर्ड

Radio Chitwan
शनिबार, चैत्र ३, २०८०

काठमाडौँ — सन् २०१२ मा आजकै दिन (मार्च १६) मा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय खेलमा एक सय शतकको रेकर्ड बनाएका थिए । उनले बंगलादेशविरुद्ध ढाकास्थित मिरपुर स्टेडियममा भएको खेलमा सयौं शतक प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतक प्रहार गर्ने तेन्दुलकर एकमात्र खेलाडी हुन् । भारतको महाराष्ट्रमा १९७३ मा जन्मिएका तेन्दुलकरले १९८९ मा १६ वर्षको उमेरमा भारतीय राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न सुरु गरेका थिए । उनले एकदिवसीय खेलमा ५१ र टेस्टमा ४९ शतक हानेका हुन् । उनले ६ सय ६४ अन्तर्राष्ट्रिय खेलमा ३४ हजार ३ सय ५७ रन बनाएका छन् । जुन दोस्रो स्थानमा रहेका श्रीलंकाका क्रिकेटर कुमार सांगाकाराको भन्दा ६ हजार रन बढी हो ।

क्रिकेटका सर्वकालीन महान् ब्याट्सम्यान तेन्दुलकरले एकदिवसीय खेलमा १८ हजार ४ सय २६ र टेस्ट म्याचमा १५ हजार ९ सय २१ रन जोडेका छन् । तेन्दुलकरले २०१३ को नोभेम्बरमा खेल जीवनबाट संन्यास लिएका थिए । उनले २०१० फेब्रुअरी २४ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक हानेका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा तेन्दुलकरले १४७ बल खेल्दै नटआउट २ सय रन बनाएका थिए ।

त्यसयता एकदिवसीय खेलमा दुई महिलासहित १० खेलाडीले दोहोरो शतक हानेका छन् । रोहित शर्मा (तीन पटक), मार्टिन गुप्टिल, अमेलिया केर, बेलिन्दा क्लार्क, वीरेन्द्र सहवाग, क्रिस गेल, फखर जमान, इशन किसन, शुबमन गिलले दोहोरो शतक बनाइसकेका छन्  ।

आन्य समाचारहरु:-
December 19, 2024
एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]

December 7, 2024
रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

November 21, 2024
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

July 6, 2024
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram