Listen Live: 

चालु आर्थिक वर्षमा चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

Radio Chitwan
बिहिबार, चैत्र १७, २०७८

चितवन, १७ चैत्र । चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८(७९ को दुई चौमासिकमा जिल्लामा ९५८ महिला उद्यमी थपिएका छन् । जिल्लामा ५८९ जना पुरुष उद्यमी थपिँदा महिला उद्यमीको सङ्ख्या लगभग दोब्बरले थपिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जिल्लामा एक हजार ३७९ उद्योग दर्ता भएका छन् । गत साउनदेखि फागुनसम्म जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यमा आधारित उद्योगहरु दर्ता भएका छन् । सो अवधिमा जिल्लामा ९३४ कृषि तथा वनजन्यमा आधारित उद्योग दर्ता भएका छन् । तीमध्ये ६४९ महिला र ३४४ उद्योग पुरुषका नाममा दर्ता भएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । यी उद्योगले दुई हजार ६०० जनालाई रोजगारी सिर्जना गरेको उहाँको भनाइ छ ।
त्यस्तै जिल्लामा सेवामूलक प्रकृतिका २४५ उद्योग दर्ता भएका छन् । तीमध्ये १७८ महिला तथा ८० पुरुष उद्यमी छन् । यी उद्योगले ७५७ जनालाई रोजगार सिर्जना गरेको सूचना अधिकारी खनालले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १८६ उत्पादनमूलक उद्योग दर्ता भएको उल्लेख गर्दै उहाँले ती उद्योगमा १२३ महिला र १५८ पुरुष उद्यमी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा दर्ता भएका उत्पादनमूलक उद्योगले एक हजार ४० जनालाई रोजगार प्रदान गरेको छ । त्यसैगरी जिल्लामा पछिल्लो आठ महिनामा सबैभन्दा कम पर्यटनमूलक उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार जिल्लामा १४ वटा पर्यटनमूलक उद्योग दर्ता भएका छन् । ती उद्योगमा आठ महिला र ६ पुरुष उद्यमीको लगानी छ । पर्यटनमूलक उद्योगमा ५३ जनाले रोजगार पाएको कार्यालयले जनाएको छ । चालु आवको पहिलो आठ महिनामा घरेलुको प्राइभेट फार्मतर्फ उत्पादनमूलक ६, कृषि तथा वनजन्य नौ र सेवामूलक एक गरी जम्मा १६ उद्योग दर्ता भएका सूचना अधिकारी खनालले जानकारी दिनुभयो । उहाँका अनुसार साना उद्योगतर्फ प्राइभेट फार्म एक हजार २७३, साझेदारी फार्म ३१ र प्रालि ५९ वटा दर्ता भएका छन् । यस अवधिमा लघु उद्यम भने दर्ता नभएको उहाँको भनाइ छ ।
जिल्लामा थपिएका एक हजार ३७९ उद्योगमा रु तीन अर्ब ५३ करोड ९३ लाख ९४ हजार पूँजी लगानी भएको छ । तीमध्ये कृषि तथा वनजन्य उद्योगमा रु दुई अर्ब १७ करोड २७ लाख ६५ हजार, सेवामूलक उद्योगमा रु ४९ करोड ५९ लाख ७० हजार, उत्पादनमूलक उद्योगमा रु ८३ करोड ९० लाख २२ हजार तथा पर्यटनमूलक उद्योगमा रु तीन करोड १६ लाख ३७ हजार लगानी भएको छ । जिल्लामा नयाँ उद्योग दर्ता हुँदा रु तीन करोड ६३ हजार राजश्व प्राप्त भएको सो कार्यालयले जनाएको छ ।
दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यबाट रु दुई करोड ४१ लाख, सेवामूलकबाट रु ३० लाख ६६ हजार, उत्पादनमूलकबाट रु २७ लाख ११ हजार तथा पर्यटनमूलक उद्योगबाट रु एक लाख ८५ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी खनालले बताउनुभयो । रासस

आन्य समाचारहरु:-
October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 21, 2023
काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को, हिजो एकैदिन एक लाखभन्दा धेरै बाहिरिए

काठमाण्डाै - विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को लागेको छ ।  रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा समेत शुरु […]

October 19, 2023
रत्ननगरमा मैत्रिपूर्ण फुटबल : पत्रकार टोलीको जि

रत्ननगर , कार्तिक २ । रोटरी क्लब अफ रत्ननगर र पूर्वी चितवनमा क्रियाशिल पत्रकार बीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । बडादसैँ , शुभ दिपावल तथा छठ पर्वको अवसरमा […]

October 19, 2023
चितवनमा दसैँसँगै बढे पर्यटक

चितवन, कात्तिक २– ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram