कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा २८ बिगा प्रवेश

चितवन, फागुन ३०-
२८ बिगा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीविरुद्ध सहज जित निकाल्दै २८ बिगाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा २८ बिगा ० का विरुद्ध ४ गोलले विजयी भयो ।२८ बिगाको जितमा अजित लामा, गणेश हमाल, कृपा चौधरी र स्यामुएल सुनारले गोल गरे । चारै गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको पाचौं मिनेटमा अजितले गोल गर्दै २८ बिगालाई अग्रता दिलाए । लगत्तै सातौं मिनेटमा गणेशले अग्रता दोब्बर बनाए । २४ औं मिनेटमा कृपाले फ्री किकमा सुन्दर गोल गरेपछि २८ बिगाले ३(० को अग्रता लियो । ३४ औं मिनेटमा स्यामुएले गोल गरेपछि २८ बिगाले सहज जित दर्ता गरेको हो । २८ बिगाका अजित म्यान अफ दि म्याच भए ।
चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बिहीबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । दोस्रो क्वाटरफाइनलमा पेङ्गुइन भरतपुर २४ र घैरुङ एफसी गोरखा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]