कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको उपाधि अर्किडकी अनुशालाई

चितवन, फागुन २७– तेस्रो संस्करणको एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको उपाधि अर्डिक सेकेण्डरी स्कुलकी अनुशा उपाध्यायले जितेकी छन् । आज (आइतबार) नारायणी कलामन्दिर नारायणगढमा भएको फाइनल प्रतिस्पर्धामा अन्य ९ प्रतियोगीलाई पछि पार्दै अनुशाले उपाधि जितेकी हुन् । उनले उपाधिसंगै नगद ५० हजार रुपैयाँलगायत विभिन्न गिफ्टह्याम्परहरु प्राप्त गरिन् । यस्तै लिटल फ्लवार स्कुलकी सेलेस्था आचार्य फस्ट रनरअप भइन् भने नारायणी नमुना माविकी विपस्वी कुवँर सेकेण्ड रनरअप भइन् । उनीहरुले क्रमशः ३० हजार र २० हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्याम्परहरु प्राप्त गरे । उनीहरु तिनै जनालाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आइइएलटीएस/पीटिई कक्षा र भिजा प्रोसेसिङमा पूर्ण रुपमा छात्रवृत्ति दिएको छ । यस्तै फाइनलमा पुगेका अन्य ७ जना प्रतिस्पर्धीहरुलाई भने एक्सपर्टले आइइएलटीएस/पीटिई कक्षामा पूर्ण रुपमा छात्रवृत्ति दिने घोषणा गरेको छ । विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनकी सेवा आयोगकी अध्यक्ष प्रोफेसर डा.कल्याणी मिश्र त्रिपाठीले पुरस्कार प्रदान गरिन् । फाइनल प्रतिस्पर्धामा प्रतियोगीले दुई चरणमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । पहिलो चरणमा यसअघि नै आयोजक विमोचन इभेन्ट्स एवं इन्टरटेनमेण्टले दिएको विषयमा आफ्नो प्रस्तुती दिएका थिए भने दोस्रो चरणमा निर्णायकहरुले तत्काल दिएको विषयवस्तुमाथि वक्तव्य दिएका थिए । यी दुई चरणको प्रस्तुतीको आधारमा निर्णायकहरु अमर प्रधान, अजिता अधिकारी र प्रवेश किरण अधिकारीले विजेता टुंगो लगाएका थिए । फाइनल कार्यक्रममा प्रतियोगीहरुको प्रस्तुतीसंगै चर्चित हास्य कलाकार सुवोध गौतमले आफ्नो प्रस्तुती दिएका थिए भने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको तर्फबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका बिजनेश डेभलपमेण्ट म्यानेजर विनोदबाबु रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेण्ट प्रा.लि.को आयोजना तथा विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनामा भएको हो । प्रतियोगितामा पहिलो अडिसन माडीमा गरिएको थियो । त्यसलगत्तै गैंडाकोट, पश्चिम चितवन, कावासोती, पर्सा, टाँडी र भरतपुरमा अडिसन भएका थिए । त्यसबाट झण्डै १०० जना प्रतियोगी पहिलो चरणमा छनोट भएका थिए । यस प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो भएका थिए भने दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो भएका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

