कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वी चितवन वितरक संघको साधारण सभा : दुई महत्वपूर्ण प्रतिबेदन पारित

रत्ननगर । पूर्वी चितवन वितरक संघको दोस्रो साधरण सभा सोमबार रत्ननगरमा गरिएको छ । नेपाल वितरक महासंघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद गौतम प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका महासचिव सुर्यप्रकास रेग्मीले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष मनिष अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अगुवा व्यवसायीहरुले व्यवसायिक सुरक्षामा राज्य उदासीन देखिएको बताएका छन् । आर्थिक मन्दीको चपेटाले व्यवसायीहरु पलायन हुने अबस्था हुँदा समेत सरकारले संकट सामानको लागि सार्थक पहल गर्न नसकेको उनीहरुको भनाई छ । संस्थाका अध्यक्ष बद्रिप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघको सदस्यता लिएका ६० जना व्यवसायी सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ । साथै संघको संस्थागत विकासमा योगदान गरेको भन्दै संघका उपाध्यक्ष विक्रम खड्कालाई सम्मान गरिएको थियो । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, खैरहनी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओम डल्लाकोटी,चितवन वितरक संघका अध्यक्ष नारायण प्रधान, किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरका बरिष्ठ उपाध्यक्ष ओमप्रकास शाह कलवार, बजार विक्री प्रतिनिधि महासंघ नारायणी क्षेत्रीय अध्यक्ष गणेश अर्याल, अग्रज व्यवसायी प्रेमकृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विक्रम खड्काले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले उल्लेखित दुई प्रतिबेदन सर्वसम्मत पारित भएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

