Listen Live: 

बजार बिक्री प्रतिनिधि संघको महाधिवेशन : अध्यक्षमा भट्टराई, महासचिवमा नेपाल 

Radio Chitwan
आइतवार, फाल्गुन २७, २०८०

रत्ननगर । नेपाल बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा पदमप्रसाद भट्टराई निर्विराेध निर्वाचित भएका छन् । रत्ननगरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले भट्टराईकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे । महाधिवेशन अन्तर्गत बरिष्ठ उपाध्यक्ष, महसचिव र दुई वटा सचिव पदमा मात्र निर्वाचन भएकाे थियाे । बरिष्ठ उपाध्यक्षमा प्रदिप घिताल २३७ मत प्राप्त गरि विजयी भएका छन् । सातप्रदेशकाे उपाध्यक्ष निर्विराेध निर्वाचित हुँदा महासचिवमा भने रमेश नेपाल १८५ मत प्राप्त गरि विजयी भएका छन् । काेशी प्रदेश उपाध्यक्षमा तीर्थराज पाेखरेल, मधेश प्रदेश उपाध्यक्षमा सन्ताेष मल्ल ठकुरी, बागमती प्रदेश उपाध्यक्षमा नेत्रप्रसाद पाैडेल,  गण्डकी प्रदेश उपाध्यक्षमा गाेपाल सापकाेटा, लुम्विनी प्रदेश उपाध्यक्षमा बाबुराम भूषाल, सुदुरपश्चिम उपाध्यक्षमा गणेशप्रसाद श्रेष्ठ र कर्णाली प्रदेश उपाध्यक्षमा हरिप्रसाद ज्ञावली निर्विराेध निर्वाचित भएका छन् । उपमहासचिवमा शैलेन्द्र बुढाथाेकी र महिला सचिवमा शुशीला नेपाल निर्विराेध निर्वाचित भएका छन् । संगठन सचिवमा रमेशप्रसाद भट्ट २६६ मत र अर्थ सचिवमा राजन अधिकारी १५२ मत प्राप्त गरि विजयी भएका छन् । काेशी प्रदेशबाट सदस्यमा नवराज सुवेदी, मधेश प्रदेशबाट सुरज यादब, बागमती प्रदेशबाट रुपेश लामिछाने, लुम्विनी प्रदेशबाट मर्मजंग बम, गण्डकी प्रदेशबाट सुमन गाेर्खाली गुरुङ, सुदुरपश्चिम प्रदेशबाट बम बहादुर बम र कर्णाली प्रदेशबाट प्रदिप रिमाल सदस्यमा निर्विराेध निर्वाचित भएका छन् । खुल्ला सदस्यमा भीम बन्जरा, वसन्त बिसी, कमल रिमाल, रामहरी मैनाली, झनक बहादुर बस्नेत, शालिकराम बराल, नवराज पाण्डे, महेश गैरे, रुद्रप्रसाद भट्टराई र संगम पाेखरेल निर्विराेध निर्वाचित भएका छन् । नेपाल सरकारकाे श्रम मन्त्रालयबाट स्वतन्त्र ट्रेड युनियनकाे मान्यता प्राप्त भएपछि नेपाल बजार विक्री प्रतिनिधि संघले चितवनकाे रत्ननगरमा प्रथम राष्ट्रिय महाधिवशन गरेकाे हाे । महाधिबेशनमा ४०० प्रतिनिधि सहभागी थिए । संघका देशभरका करिव ४ हजार व्यवसायी आबद्ध छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram