Listen Live: 

भरतपुर महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपन, प्राङ्गारिक पदार्थको मात्र ४० प्रतिशत

Radio Chitwan
बिहिबार, चैत्र १७, २०७८

चितवन, १७ चैत्र । भरतपुर महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या रहेको देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजामा यस्तो देखिएको हो । तीन दिनसम्म चलेको शिविरमा महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण भएको थियो । सो परीक्षणको नतिजा अनुसार यहाँको माटोमा ५५ प्रतिशत अम्लियपन देखिएको प्रयोगशालाका प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए । साथै उनले प्राङ्गारिक पदार्थको मात्र माटोमा ४० प्रतिशत रहेको बताए ।

मुख्य समस्याको रुपमा रहेको अम्लियपन हटाउन कृषि चुनको प्रयोग गर्न उनले आग्रह गरेका छन् । प्राङ्गारिक पदार्थको प्रयोग बढाउने खालका कार्यक्रमहरु महानगर कृषि शाखालाई सुझाव दिएको उनले बताए । उनले भने, ‘गोठ सुधार कार्यक्रमहरु र प्राङ्गारिक मलको गुणस्तर अभिवृद्धि गर्नको लागि जैविक मलको प्रयोग प्राविधिक सल्लाह हामीले माटो परीक्षणकर्ताहरुलाई दियौं । यसैको आधारमा शाखाले काम गर्नुपर्छ भनेर सुझाव दिएका छौँ ।’

के कारण बढ्दै छ अम्लियपन :
माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक पदार्थ भएको विज्ञहरु बताउँछन् । किसानहरूले माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग गर्दा माटो बिगार्ने काम गरिरहेको छ । किसानहरु रासायनिक मलमा पनि युरिया धेरै नै प्रयोग गर्छन् । पोटास, डीएपीको मात्रा मिलाइँदैन, यसले गर्दा अम्लियपन बढेको विज्ञहरुको निष्कर्ष छ । वर्षमा एउटै मात्र बाली लगाउँदा पनि अम्लिय बढ्ने गर्दछ ।

अम्लियपन बढे उत्पादन स्वतः घट्ने माटो विज्ञको भनाइ छ । अम्लीयपनको मात्र यसरी नै बढे तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमा नै शून्यमा झर्ने सम्भावना रहन्छ । जमिन ५.५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । ४.५ देखि ५.६ सम्म पीएच हुँदा चिया खेती गर्न सकिने जनाइएको छ । तर, ५.५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ । र, माटोलाई सुधार्नु पर्ने हुन्छ ।

अम्लीयपन घटाउन के गर्ने :
माटोमा अम्लीयपन घटाउन चक्रीय प्रणालीअनुरूप बाली लगाउनुपर्ने हुन्छ । सिजनअनुसार धान, गहुँ रोपेपछि तरकारी, फलफूल, कोषे बाली लगाउनुपर्ने विज्ञहरु बताउँछन् । मास, मुग दाल जस्ता बाली लगाउनाले जमिन उर्वर हुने र अम्लीयपन घट्न जान्छ । पराल, मकैकोे ढोडलगायत बस्तुलाई खेतमा जलाउँदा माटोमा रहेको प्राङ्गारिक पदार्थ जल्न जान्छ ।

मानिसलाई खानाको जती आवश्यक पर्छ बिरुवाका लागि पनि त्यति नै आवश्यक तत्व माटोमा हुन्छ । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने गर्छ । कृषि विकास मन्त्रालयले माटो सुधारका लागि थप कार्यक्रम तय गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् । तर, बिडम्बना नेपाली बजारमा कृषि चुनको सधै अभाव हुने गर्छ । सरकारले अनुदानमा कृषकलाई चुन उपलब्ध गराउन आवश्यक रहेको कृषक बताउँछन् । कृषकलाई माटो परीक्षणका बारेमा सचेत गराई सुधार्ने उपाय बारे पनि अवगत गराउनुपर्ने र सहजरूपमा कृषि चुन पाउने व्यवस्था मिलाउनुपर्ने चितवनका किसानहरुको माग छ ।

आन्य समाचारहरु:-
September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

August 22, 2023
चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पुरा

चितवन, भदौँ ५–एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ […]

August 17, 2023
नगर प्रमुख लामा र स्वास्थ्य विमा अभिकर्ता विच छलफल

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram