Listen Live: 

भरतपुर महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपन, प्राङ्गारिक पदार्थको मात्र ४० प्रतिशत

Radio Chitwan
बिहिबार, चैत्र १७, २०७८

चितवन, १७ चैत्र । भरतपुर महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या रहेको देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजामा यस्तो देखिएको हो । तीन दिनसम्म चलेको शिविरमा महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण भएको थियो । सो परीक्षणको नतिजा अनुसार यहाँको माटोमा ५५ प्रतिशत अम्लियपन देखिएको प्रयोगशालाका प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए । साथै उनले प्राङ्गारिक पदार्थको मात्र माटोमा ४० प्रतिशत रहेको बताए ।

मुख्य समस्याको रुपमा रहेको अम्लियपन हटाउन कृषि चुनको प्रयोग गर्न उनले आग्रह गरेका छन् । प्राङ्गारिक पदार्थको प्रयोग बढाउने खालका कार्यक्रमहरु महानगर कृषि शाखालाई सुझाव दिएको उनले बताए । उनले भने, ‘गोठ सुधार कार्यक्रमहरु र प्राङ्गारिक मलको गुणस्तर अभिवृद्धि गर्नको लागि जैविक मलको प्रयोग प्राविधिक सल्लाह हामीले माटो परीक्षणकर्ताहरुलाई दियौं । यसैको आधारमा शाखाले काम गर्नुपर्छ भनेर सुझाव दिएका छौँ ।’

के कारण बढ्दै छ अम्लियपन :
माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक पदार्थ भएको विज्ञहरु बताउँछन् । किसानहरूले माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग गर्दा माटो बिगार्ने काम गरिरहेको छ । किसानहरु रासायनिक मलमा पनि युरिया धेरै नै प्रयोग गर्छन् । पोटास, डीएपीको मात्रा मिलाइँदैन, यसले गर्दा अम्लियपन बढेको विज्ञहरुको निष्कर्ष छ । वर्षमा एउटै मात्र बाली लगाउँदा पनि अम्लिय बढ्ने गर्दछ ।

अम्लियपन बढे उत्पादन स्वतः घट्ने माटो विज्ञको भनाइ छ । अम्लीयपनको मात्र यसरी नै बढे तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमा नै शून्यमा झर्ने सम्भावना रहन्छ । जमिन ५.५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । ४.५ देखि ५.६ सम्म पीएच हुँदा चिया खेती गर्न सकिने जनाइएको छ । तर, ५.५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ । र, माटोलाई सुधार्नु पर्ने हुन्छ ।

अम्लीयपन घटाउन के गर्ने :
माटोमा अम्लीयपन घटाउन चक्रीय प्रणालीअनुरूप बाली लगाउनुपर्ने हुन्छ । सिजनअनुसार धान, गहुँ रोपेपछि तरकारी, फलफूल, कोषे बाली लगाउनुपर्ने विज्ञहरु बताउँछन् । मास, मुग दाल जस्ता बाली लगाउनाले जमिन उर्वर हुने र अम्लीयपन घट्न जान्छ । पराल, मकैकोे ढोडलगायत बस्तुलाई खेतमा जलाउँदा माटोमा रहेको प्राङ्गारिक पदार्थ जल्न जान्छ ।

मानिसलाई खानाको जती आवश्यक पर्छ बिरुवाका लागि पनि त्यति नै आवश्यक तत्व माटोमा हुन्छ । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने गर्छ । कृषि विकास मन्त्रालयले माटो सुधारका लागि थप कार्यक्रम तय गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् । तर, बिडम्बना नेपाली बजारमा कृषि चुनको सधै अभाव हुने गर्छ । सरकारले अनुदानमा कृषकलाई चुन उपलब्ध गराउन आवश्यक रहेको कृषक बताउँछन् । कृषकलाई माटो परीक्षणका बारेमा सचेत गराई सुधार्ने उपाय बारे पनि अवगत गराउनुपर्ने र सहजरूपमा कृषि चुन पाउने व्यवस्था मिलाउनुपर्ने चितवनका किसानहरुको माग छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram