कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला


काठमाडौँ : देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् । रूपन्देहीको देवदह नगरपालिका-१० चरङ्गे रम्भादेवी टोलस्थित चरङ्गे खोलामा सोही ठाउँ बस्ने ६१ वर्षीय केशव सिंह गाहा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी कालिकोटको तिलागुफा नगरपालिका-१ मालिका सामुदायिक वनमा सोही ठाउँ बस्ने ४३ वर्षीय गोरे बोगटी शनिबार मृत अवस्थामा फेला परेका छन् । झापाको झापा गाउँपालिका-७ झाङगा टोल बस्ने धन बहादुर कार्कीको घरमा विगत १२ वर्षदेखि काम गर्दै आएका सोही गाउँपालिका-८ डाँगिबारी बस्ने ६८ वर्षीय तेज बहादुर माझी घर नजिक रहेको गोठमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता धादिङको गंगाजमुना गाउँपालिका-७ अधेरीखोलास्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने कास्की घर भएका २९ वर्षीय सोम पौडेल शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]