चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
बेलायतमा भरतपुर भ्रमणको निम्ता गर्दै मेयर दाहाल
चितवन : बेलायत भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले त्यहाँका उच्च अधिकारी र नेपाली समुदायलाई भरतपुर भ्रमण वर्षको निमन्त्रणा गरेकी छन् ।अन्तर्राष्ट्रिय मेयर अवार्ड लिन बेलायत पुगेकी दाहालले त्यहाँका नगरपालिकाका जनप्रतिनिधिहरु र नेपाली समुदायलाई ‘भरतपुर भ्रमण वर्ष–२०२४’ सुरु भएको भन्दै भरतपुर भ्रमणको निम्ता गरेकी हुन् । उनले बेलायतको ग्रिनबिच सिटीका उपमेयर जित रानाभाट, रोशमुर काउन्सिलका सदस्य धन सार्की र नेम थापालाई भ्रमण वर्षको जानकारी गराउँदै निम्ता गरेकी हुन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली समुदायका मानिसहरु जनप्रतिनिधिको रुपमा रहेको देख्दा खुसी लागेको बताइन् । मेयर दाहालले भनिन्, ‘ भ्रमण र भेटघाटबाट धेरै कुराहरु सिक्ने अवसर मिल्यो ।’
मेयर दाहालले बेलायतको लण्डनमा रहेको संसद हाउस अफ कमन्समा मेयर सादिक खान र मरिससका पहिलो महिला राष्ट्रपति अमिना फकिमलगायतसँगै अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गरेकी छन् । पोलिटिकल एण्ड पब्लिक अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरक फरक क्षेत्रका २४ जनालाई प्रदान गरिएको छ ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]