कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बेलायतमा भरतपुर भ्रमणको निम्ता गर्दै मेयर दाहाल

चितवन : बेलायत भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले त्यहाँका उच्च अधिकारी र नेपाली समुदायलाई भरतपुर भ्रमण वर्षको निमन्त्रणा गरेकी छन् ।अन्तर्राष्ट्रिय मेयर अवार्ड लिन बेलायत पुगेकी दाहालले त्यहाँका नगरपालिकाका जनप्रतिनिधिहरु र नेपाली समुदायलाई ‘भरतपुर भ्रमण वर्ष–२०२४’ सुरु भएको भन्दै भरतपुर भ्रमणको निम्ता गरेकी हुन् । उनले बेलायतको ग्रिनबिच सिटीका उपमेयर जित रानाभाट, रोशमुर काउन्सिलका सदस्य धन सार्की र नेम थापालाई भ्रमण वर्षको जानकारी गराउँदै निम्ता गरेकी हुन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली समुदायका मानिसहरु जनप्रतिनिधिको रुपमा रहेको देख्दा खुसी लागेको बताइन् । मेयर दाहालले भनिन्, ‘ भ्रमण र भेटघाटबाट धेरै कुराहरु सिक्ने अवसर मिल्यो ।’

मेयर दाहालले बेलायतको लण्डनमा रहेको संसद हाउस अफ कमन्समा मेयर सादिक खान र मरिससका पहिलो महिला राष्ट्रपति अमिना फकिमलगायतसँगै अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गरेकी छन् । पोलिटिकल एण्ड पब्लिक अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरक फरक क्षेत्रका २४ जनालाई प्रदान गरिएको छ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

