Listen Live: 

चेपाङ संरक्षण केन्द्रका छात्रालाई सेनेटरी प्याड सहयोग

Radio Chitwan
शुक्रबार, फाल्गुन २५, २०८०

रत्ननगर । रत्ननगर स्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित छात्राहरुका लागि शुक्रबार सेनेटरी प्याड प्रदान गरिएको छ । ११४औं नारी दिवसको अबसरमा तमु समाज इजरायलले छात्राहरुलाई सेनेटरी प्याड प्रदान गरेको हो । केन्द्रमा आयोजित एक औपचारिक तमु समाज इजरायलको अध्यक्ष बिन्दु गुरुङ र तमु समाज इजरायलको पूर्व सल्लाहकार लक्ष्मी गुरुङले प्याड हस्तान्तरण गरेका थिए । केन्द्रका अध्यक्ष केपिकिरण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा साबित्रा अधिकारी, रोजिना कुँवर, पद्मा गुरुङ, सुरेन्द्र ब.गुरुङ, ममता बस्नेत, सन्तोषी गुरुङ लगायतको उपस्तिथि रहेको थियो । तमु समाज इजरायलले यस अघि पनि केन्द्रलाई पटक पटक सहयोग गर्दै आएको छ । इजरायलमा कार्यरत धरान निवासी सुनिता गुरुङको पहलमा केन्द्रमा निरन्तर सहयोग गरिदै आएको छ । यसैबीच गामबेशिको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुले भगवान शिवको प्रतिमामा पुजा एबं आराधाना गरी शिवरात्री पर्व मनाएका छन । मौलिक धर्म संस्कृतिको संरक्षणका लागि पुजा आरधाना गरी शिबरात्री मनाइएको केन्द्रका सन्दिप चेपाङले बताए । केन्दमा हाल १४२ जना चेपाङ बालबालिका आश्रित छन ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram