Listen Live: 

चितवनमा चुनौती बन्दै साइबर अपराध, बिगत वर्ष भन्दा यो वर्ष झण्डै दोब्बर बढी उजुरी

Radio Chitwan
बिहिबार, फाल्गुन २४, २०८०

चितवन, फागुन २४

चितवनमा हरेक वर्ष साइबर अपराधका घटनाहरु बढ्दै गएका छन् ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै अपराध गर्नेको संख्या झण्डै दोब्बरले बढेको हो ।

फेसबुक, ह्वाट्सएप, इमेल, ट्विटर, युट्युब, एसएमएसलगायतका सामाजिक सञ्जालबाट साइबर अपराधका घटना बढेको छ । जिल्लाप्रहरी कार्यालयको तथ्याङकअनुसार गतआर्थिक वर्ष २०७८\७९ मा साइबर अपराधसम्बन्धी २२३ वटा निवेदन दर्ता भएको थियो । यस्तै आथिर्क वर्ष २०७९\८० मा ३२४ वटा निवेदन दर्ता भएको कार्यलयको तथ्याङकमा उल्लेख गरिएको छ । यो आर्थिक वर्ष २०८०\८१ को आठ महिनामा ५०२ वटा साइबर अपराधसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । जुन संख्या बिगत वर्षको भन्दा १७८ वटा बढी हो । उजुरीको बढ्दो प्रवृत्ति हेर्दा अझै यो आर्थिक वर्ष सकिन चार महिना बाँकी रहेकोले बिगत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षको अन्त्यसम्म दोब्बर बढी उजुरी पर्न सक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढेर अपराध गर्नेको संख्या पनि बढ्दै गएको बताए । साइबर अपराधका घटना चितवनमा हरेक वर्ष भयाबह बन्दै गएको प्रहरी निरीक्षक साहको भनाइ छ ।
साइबर अपराधमा लाग्ने मध्ये सबैभन्दा धेरै व्यक्ति १८ वर्षदेखि ३० वर्षसम्मका हुने उनको भनाइ छ । उनले भने, ‘कसरी हुन्छ पैसा कमाउने उद्देश्यले प्रेरित अपराधका घटनाहरू हुने गर्छन् । मुख्यतया फेसबुक ह्याकसम्बन्धी अपराधका घटना बढ्दो छ ।’ विदेशमा बसेर अनलाइनबाट सामान पठाइदिन्छु वा पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको उनले जानकारी दिए ।

साहका अनुसार अशिक्षा, गरिबी र बिपन्नताको कारणले समाजमा अपराध बढ्ने गरेको छ । उनले भने, ‘पारिवारिक रिसीइबीको कारण र आर्थिक लेनदेनका कारण अपराध बढ्दो छ ।’ प्रहरी निरीक्षक साहले साइबर अपराधसम्बन्धी घटना रोक्नको लागि विभिन्न अनलाइन मिडिया, रेडियो, टेलिभिजन, पत्रपत्रिकामार्फत साइबर अपराधसम्बन्धी सूचना दिँदै आएको जानकारी दिए । उनले विद्यालय, समुदायमा साइबर अपराध सम्बन्धी घटना रोकथाम गर्नको लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram