Listen Live: 

रत्ननगरका सुकुमबासीलाई जग्गा वितरण सम्बन्धी अन्तरक्रिया

Radio Chitwan
बुधबार, फाल्गुन २३, २०८०

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा विहीबार भूमिहीन दलीत, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण तथा छुट जग्गा दर्ता सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । लालपूर्जा वितरण र छुट जग्गादर्ता लगायतका विषयमा केन्द्रीत रहेर भूमि आयोगका प्रतिनिधि जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारीको बीचमा अन्तक्र्रिया गरिएको हो । कार्यक्रममा सहभागीहरुले लालपूर्जा वितरणको काम सुरु भएपछि नरोकिने गरी अन्तिम तयारी गर्न भूमि आयोग र स्थानीय सरकारलाई आग्रह गरेका छन् । नगर स्तरीय सहजीकरण समितिमा रहेका राजनीतिक दलका नगर स्तरीय प्रतिनिधिहरुले भूमि आयोगले लालपूर्जा वितरणमा ढिलाई गरेको भन्दै सुरु भएपछि नरोकिने गरी तयारी गर्न आग्रह गरेका हुन् । रत्ननगरमा चैतको पहिलोसाताबाट लालपूर्जा वितरण गर्ने गरी अन्तिम तयारी थालेको छ । रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ मा यहाँका २ हजार ४१ जना घरधुरीलाई निस्सा वितरण गरेको थियो । सो नगरपालिकामा वडा नं १२ बाट औपचारिक रुपमा लालपूर्जा वितरणको काम सुरु गर्ने तयारी गरिएको छ । रत्ननगर नगरपालिकाले सो वडाका १९९ घरधुरीलाई लालपूर्जाको लागि भूमिआयोग चितवनमा सिफारिस गरेको थियो । स्थानीय सरकारले पठाएको घरधुरीको विबरण हेरी आयोगको जिल्ला कार्यालयले १६५ घरधुरीको नाम स्विकृत गरी लालपूर्जा निर्माणको काम सुरु गरिसकेको रत्ननगरका सेवा केन्द्र प्रमुख अर्जुन पंगेनीले जानकारी दिए । भूमि आयोग चितवनका अध्यक्ष बद्रि तिमिल्सिनाले जिल्लाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि निरन्तर पहल कदमी गरिरहेको बताए । १० बर्ष एकै ठाउँमा बसेका सुकुमबासीलाई बसोबारकै आधारमा पुर्जा दिलाउन आफुले सरकारले पहल गरिरहेको उनको भनाई छ । उपमेयर यादब पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा नापी कार्यालय चितवनका प्रमुख सुवास भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा लालपूर्जा वितरण सुरु भएपछि नरोकिने बताए । सुकुमबासीको लालपूर्जा पाउने सपना अर्को महिना पुरा हुने भन्दै उनले आफ्नो कार्यकालमा नगर भित्रका सबै सकुमबासीलाई पुर्जा वितरण गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका उपसभापति अपिल अधिकारी, एमालेका नगर इन्चार्ज प्रेमनाथ दुवाडी, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, रास्वपाका बाबुराम अर्याल, राप्रापाका हरिशरण भट्टराई, समाजबादीका नगर अध्यक्ष हरिकुमार श्रेष्ठ सहित जनप्रतिनिधि, वडा सचिव तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram