रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ टरौलीमा बुधबार निःशुल्क स्वास्थ्य विशिर गरिएको छ । वडा कार्यालयको सहयोगमा तपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ रत्ननगर र लायन्स […]
चैत्र २५ देखि टाइफाइड खोप अभियान देशैभर सुरु हुँदै

काठमाडौँ, १७ चैत्र । टाइफाइड विरूद्ध खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप सरकारले यही चैत्र २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर समावेश गर्ने घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहिबार आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो ।
राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सकेको सो अवसरमा जानकारी दिइयो ।
नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिमी रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेलले यस अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गर्नुभयो । परिवारकल्याण महाशाखाका निर्देशक डा विवेहकुमारलाल, विश्व स्वास्थ्य सङ्गठनका विनोद बुरालगायतले पनि टाइफाइड खोपको आवश्यकता र अभियानका बारेमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
चितवन । चितवन रत्ननगर नगरपालिका ७ स्थित बछाैलीमा बुधबार आयोजित निशुल्क आँखा परिक्षण शिविरमा २५० जनाले आँखा परिक्षण गराएका छन् । रत्ननगर ७ मा रहेकाे सौराहा आँखा उपचार केन्द्रमा भएकाे […]
काठमाडौं । पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । थाइराइड फेडेरेसन इन्टरनेसलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले […]