कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको भरतपुर–२० मा भोलि ‘मङ्गोल जागरण तथा आम भेला’

चितवन । मङ्गोल नेशनल अर्गनाइजेशनले भरतपुरमा ‘मङ्गोल जागरण तथा आम भेला’ गर्ने भएको छ । मङ्गोल अर्गनाइजेशनको भरतपुर महानगर सभाले भरतपुर–२० स्थित माइली चोकमा आम भेला गर्न लागेको शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । फागुन २१ गते हुने भेलामा महानगरपालिकाभित्रका करिब पाँच सय सदस्यको सहभागी रहने महानगर सभाका प्रवक्ता मेकना तामाङले जानकारी दिए । उनका अनुसार भेलालाई सम्बोधन गर्नको लागि मङ्गोल अर्गनाइजेशन केन्द्रीय सभाका मूल सचिव सन्तोष तामाङ, प्रवक्ता रिन्छेन तामाङ, केन्द्रीय सभा सदस्य प्रवीना थापामगर, कल्पना चौधरीलगायतका नेता चितवन आउने छन् । मङ्गोल नेशनल अर्गनाइजेशनबारे जनमानसमा जानकारी गराउन र कार्यकर्ता तहमा बलियो उपस्थिति देखाउनको लागि पनि महानगर सभाले भेला गर्न लागिएको उनको भनाइ छ । ‘आम भेलामार्फत मङ्गोलबारे जागरण फैलाउने र नेपालमा रहेका मङ्गोल समूदायलाई एक ठाउँमा ल्याउने हाम्रो अभियान हो,’ उनले भने । मङ्गोल नेसनल अर्गनाइजेशन चितवनका सचिव सुरेश तामाङले राज्यबाट भइरहेको विभेदकारी व्यवहारलाई अन्त्य गराउनको लागि मङ्गोलले लामो समयदेखि संघर्ष गर्दै आएको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]