नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक […]
पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

वीरगञ्ज, १७ चैत्र। दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा पर्सामा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।
घाइते हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो रहेका छन् ।
सुपेन र राउतको वीरगञ्जको पानीटंकीस्थित न्यूरो अस्पतालमा र रोजदिनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको थापाले बताए । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने उनले बताए ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]