कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

चितवन,फागुन २०-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन । प्रधानमन्त्री प्रचण्डले उनको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको शनिवार सामाजिक सञ्जालमार्फत बताएका हुन्। “घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ”, उनले लेखेका छन्।
घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकिएको पनि उनले बताए। त्यस घटनाले आफूलाई गम्भीर र दुखी तुल्याएको उनले बताएका छन्। फागुन १२ गते झुण्डिएको अवस्थामा बालिका शालीनको शव फेला परेको थियो। परिवारले बलात्कार पछि हत्या गरेको आरोपमा किटानी जाहेरी दिएका छन्। सोही आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]