कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुर भ्रमण वर्ष–२०२४ चैत ९ देखि १८ गतेसम्म महोत्सव गर्दै जनजाति महासंघ

चितवन । भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ। आउँदो चैत ९ देखि १८ गतेसम्मको लागि महोत्सव आयोजना गर्ने तयारी भइरहेको महासंघका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए। उनका अनुसार चितवनमा आदिवासी जनजाति महासंघले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो। मङ्सिरदेखि नै महोत्सव आयोजना गर्ने योजना बनाए पनि विभिन्न कारणले पछि धकेलिएको उनको भनाइ छ। आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ। ‘भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ,’ उनले भने, ‘यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन।’ महोत्सवलाई सबैको साझा महोत्सव बनाउने विषयमा जनजाति महासंघ सचेत रहेको उनले बताए। महोत्सवबाट आदिवासी जनजाति सांस्कृतिक हिसाबले पनि एकतामा रहेको सन्देश फैलाउने लक्ष्य लिइएको उनको भनाइ छ। महासंघका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तिमा दुई सयभन्दा बढी व्यापारिक स्टल रहने छ। चैतको ९ गतेदेखि महोत्सव लगाउने निश्चित भइसकेको हुँदा तयारीलाई तीव्र पारिएको उनले बताए। ‘हामीसँग तयारी गर्ने समय एक महिना पनि छैन। त्यसकारण तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसकारण भरतपुर महानगरपालिकाबाट अनुमति पाइसकेपछि हामी तयारीलाई नै तीव्रता दिइरहेका छौँ।’ कम्तिमा दुई लाख दर्शकलाई महोत्स्व अवलोकन गराउने गरी तयारी थालिएको उनले बताए। चितवनमा थारू, चेपाङ, तामाङ, गुरूङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७ वटा आदिवासी जनजाति समुदाय संगठित छन्। ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासंघका सचिव भुजेलले जानकारी दिए। ‘महोत्सवमा चितवनका आदिवासी जनजाति सम्वद्ध सबैजसो संघसंस्थाको प्रतिनिधित्व हुने छ,’ उनले भने, ‘सबै जातजातिले आ–आफ्नो भेषभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउने छन्।’ त्यसबाहेक चितवन जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने गरी महोत्सव आयोजना गर्न लागेको उनले बताए। ‘स्थानीय उत्पादनको प्रवद्र्धन तथा बिक्री वितरण, कृषि, जडिबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्री वितरण गरिने छ,’ उनले भने। चितवन जिल्लाका आदिवासी जनजाति समुदायलाई संगठित बनाउन विसं. २०५५ सालमा ओम गौचनको अध्यक्षतामा नेपाल आदिवासी जनजाति संघ गठन भएको थियो। संस्था स्थापनाको साढे दुई दशकपछि हाल महासंघले पहिलोपटक महोत्सव आयोजना गर्ने तयारी थालेको हो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]