Listen Live: 

सुरक्षित सहकारीको अध्यक्षमा दाहाल चयन

Radio Chitwan
शनिबार, फाल्गुन १९, २०८०

चितवन। चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लालुप्रसाद दाहाल चयन भएका छन् ।
सो सहकारीको विशेष साधारण सभाले दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा टंक बहादुर थापा, सचिवमा भीमप्रसाद लामिछाने, कोषाध्यक्षमा विद्याधर बास्तोला चयन भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा नरबहादुर घर्ती, रिता देवी सुवेदी ओझा, किशोर अधिकारी, रामकृष्ण लम्साल, सुभाष खनाल, मेघप्रसाद पन्त र विष्णुप्रसाद गौतम चयन भएका छन् ।

लेखा सुपरिबेक्षण समितिको संयोजकमा होमप्रसाद भट्ट र सदस्यहरुमा विमला पाण्डे बन्जरा, अर्जुन बहादुर अधिकारी चयन भएका छन् । सो संस्थाका अध्यक्ष ओम लामिछाने व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएपछि सो सहकारीको विशेष साधारण सभा मार्फत निर्बाचन प्रक्रिया सुरु गरिएको थियो ।

यसैबीच सर्वसम्मत निर्वाचित सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा सुपरिबेक्षण समितिका संयोजक र सदस्यहरुको सपथग्रहण तथा पद हस्तान्तरण गरिएको छ । संस्थाका निबर्तमान अध्यक्ष ओम प्रसाद लामिछानेले नवनिर्वाचित अध्यक्ष दाहाललाई पद हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा निर्वाचन समितिका संयोजक केशब लामाले नवनिर्वाचित समिति र लेखा सुपरिबेक्षण समितिलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । कालिकाकी उपमेयर विमला तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, सहकारीका निवर्तमान अध्यक्ष लामिछाने, निर्वाचन समितिका सदस्यहरु दिप्पेश्वर केसी, सविता लामा, निर्तमान सल्लहाकार भिमप्रसाद खनाल लगायतले मन्तब्य राखेका थिए ।

निर्वाचन समितिका संयोजक केशव लामाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद पाठकले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
January 20, 2025
चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम 

चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 20, 2025
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]

January 20, 2025
चितवन महोत्सवमा हेल्थी बेवी प्रतियोगिता : विजेता राना मगर बनिन् प्रथम

चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]

January 19, 2025
रत्ननगरमा एचपिभी खाेप सम्बन्धी अभिमुखिकरण 

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram