Listen Live: 

सुरक्षित सहकारीको अध्यक्षमा दाहाल चयन

Radio Chitwan
शनिबार, फाल्गुन १९, २०८०

चितवन। चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लालुप्रसाद दाहाल चयन भएका छन् ।
सो सहकारीको विशेष साधारण सभाले दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा टंक बहादुर थापा, सचिवमा भीमप्रसाद लामिछाने, कोषाध्यक्षमा विद्याधर बास्तोला चयन भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा नरबहादुर घर्ती, रिता देवी सुवेदी ओझा, किशोर अधिकारी, रामकृष्ण लम्साल, सुभाष खनाल, मेघप्रसाद पन्त र विष्णुप्रसाद गौतम चयन भएका छन् ।

लेखा सुपरिबेक्षण समितिको संयोजकमा होमप्रसाद भट्ट र सदस्यहरुमा विमला पाण्डे बन्जरा, अर्जुन बहादुर अधिकारी चयन भएका छन् । सो संस्थाका अध्यक्ष ओम लामिछाने व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएपछि सो सहकारीको विशेष साधारण सभा मार्फत निर्बाचन प्रक्रिया सुरु गरिएको थियो ।

यसैबीच सर्वसम्मत निर्वाचित सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा सुपरिबेक्षण समितिका संयोजक र सदस्यहरुको सपथग्रहण तथा पद हस्तान्तरण गरिएको छ । संस्थाका निबर्तमान अध्यक्ष ओम प्रसाद लामिछानेले नवनिर्वाचित अध्यक्ष दाहाललाई पद हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा निर्वाचन समितिका संयोजक केशब लामाले नवनिर्वाचित समिति र लेखा सुपरिबेक्षण समितिलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । कालिकाकी उपमेयर विमला तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, सहकारीका निवर्तमान अध्यक्ष लामिछाने, निर्वाचन समितिका सदस्यहरु दिप्पेश्वर केसी, सविता लामा, निर्तमान सल्लहाकार भिमप्रसाद खनाल लगायतले मन्तब्य राखेका थिए ।

निर्वाचन समितिका संयोजक केशव लामाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद पाठकले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram