Listen Live: 

रोटरी मिनी म्याराथुन : आर्मीका पाल र सशस्त्रकी रानालाई उपाधि

Radio Chitwan
शनिबार, फाल्गुन १९, २०८०

रत्ननगर । चितवनमा शनिबार आयोजना गरिएको रोटरी म्याराथुनको उपाधि त्रिभूवन आर्मी क्लवका मुकेश बहादुर पालले जितेका छन् । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको खुल्ला तर्फको दौड निर्धारित दुरी ४६ मिटर ३८ सेकेण्डमा पार गर्दै पालले उपाधि जितेका हुन । खुल्ला तर्फ नारायणी नदी किनारबाट रत्ननगरको निपनी सम्म १५ दशमलब ४ किलोमिटरको दुरी कायम गरिएको थियो । महिला तर्फको म्याराधुनको उपाधि सशस्त्र प्रहरी बलकी फुलमति रानाले जितेकी छन् । निर्धारित दुरी १८ मिनेट १६ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेकी हुन । महिला तर्फ टिकौली जंगलको बीच भागबाट निपनी सम्म ५ किलाेिमटर दुरी कायम गरिएको थियो । खुल्ला तर्फ त्रिभुवन आर्मीकै संजय श्रेष्ठ दितीय, जुम्लाका दुर्गाबहादुर बुढा तृतीय, त्रिभुवन आर्मीका टंक कार्की चौथौं, आर्मीकै सुवास कार्की पाँचौं, नेपाल प्रहरीका नागेश्वर अइर छैठौं, दाङका प्रेमबहादुर बस्नेत सातौं, सशस्त्र प्रहरीका राजेन्द्र तामाङ आठौं, सशस्त्रकै खिम बहादुर खत्री नवौं र स्याङजाका धनु मानन्धर दसौं भएका छन् । खुल्लातर्फ प्रथम पुरस्कार १ लाख नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, द्वितीय पुरस्कार ५० हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, तृतीय पुरस्कार २५ हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र, पाँचौँ पुरस्कार पाँच हजार नगदसहित प्रमाणपत्र, छैटौँदेखि दसौँ स्थानसम्म ३ हजारसहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङलाई दुई हजार नगद प्रदान गरिएको छ । महिला तर्फ सुनसरी रोकाया द्धितीय, आशा रावत तृतीय, सिमा चौधरी चौथो, समिता बुढा पाँचौ, अस्मिता भुजेल छैंठौं, नम्रता गुरूङ सातौं, वर्षा ओली आठौं, सन्ध्या अधिकारी नवौं र लक्षीमा डागी दसौं भएका छन् । महिलातर्फ प्रथम पुरस्कार २० हजार नगदसहित चाँदीको तक्मा एवं प्रमाणपत्र, द्वितीय पुरस्कार १० हजार नगदसहित चाँदीको तक्मा एवं प्रमाणपत्र, तृतीय पुरस्कार पाँच हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार तीन हजार नगदसहित प्रमाणपत्र, पाँचौँ पुरस्कार दुई हजार पाँच सय नगदसहित प्रमाणपत्र, छैटौँदेखि दसौँ स्थानसम्म दुई हजार नगदसहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङ महिलालाई एक हजार नगद प्रदान गरिएको छ । प्रतियोगितामा चेपाङ समुदायबाट १२२ जनाले सहभागिता जनाएका छन् । खुल्ला तर्फको प्रतियोगितामा सहभागी भएका चेपाङ समुदायका ६६ जना पुरुष मध्ये ३२ जनाले दुरी पार गरेको छन् भने महिला तर्फ सोही समुदायबाट ५६ जनाले सहभागिता जनाएका मध्ये १४ जनाले दुरी पार गरेको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा म्याराथुनका संयोजक विपिन पोखरेलले जानकारी दिए । खुल्ला तर्फको म्याराधुनको नारायणी नदी किनारका भरतपुर नगरपालिकाकी मेयर रेनु दाहालले र महिला तर्फको म्याराधुन टिकौलीमा रोटरीका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले उद्घाटन गरेका थिए । दुबै विधाको प्रतियोगितामा ७६५ जनाले प्रतिस्पर्धा गरेका थिए । खुल्ला तर्फ ४९४ जना र महिला तर्फ २७१ जनाले प्रतियोगितामा सहभागिता जनाएको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा म्याराथुनका संयोजक विपिन पोखरेलले जानकारी दिए । खेलकुदको माध्यमबाट चितवनको पर्यटन विकास र प्रर्वधन गर्ने उद्देश्यले म्याराथुन प्रतियोगिता गरिएको उनले बताए । उद्घाटन कार्यक्रममा मेयर रेनु दाहालले भरतपुर भ्रमण बर्ष उत्सवको रुपमा मनाउने बताए । भ्रमण बर्षले जिल्लाको पर्यटन विकासमा योगदान गर्ने भन्दै उनले पर्यटक भित्र्याउन प्रर्वधनात्मक कार्यक्रम सञ्चालन गर्ने बताइन । निपनी स्थित होटल स्टार चितवनमा क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि रोटरीका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजु प्रमुख अतिथि रहेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram