कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रोटरी म्याराथुनको तयारी पूरा : ४ विदेशी सहित ६०२ धावकले प्रतिस्पर्धा

Radio Chitwan
बुधबार, फाल्गुन १६, २०८०
रत्ननगर । चितवनमा यही फागुन १९ गते हुने रोटरी मिनी म्याराथुनको तयारी पूरा भएको छ ।
आयोजक रोटरी क्लव अफ रत्ननगरले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि म्याराथुन प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगितामा ४ जना विदेशी सहित ६०२ जना धावकले प्रतिस्पर्धा गर्ने रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा प्रतियोगिताका संयोजक विपिन पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा नेपाल घुम्न आएका जर्मनी नागरिक दुई जना र कैन्याका नागरिक दुई जना गरी ४ जना विदेशी धावक समेत सहभागी हुने पोखरेलले जानकारी दिए । ६०२ जना धावक मध्ये ३६४ जना पुरुष र २३८ जना महिला छन् । प्रतियोगितामा ४८ जना महिला सहित ८९ जना चेपाङ समुदायका युवा युवतीले सहभागिता जनाउदै छन् । प्रतियोगिता खुल्ला र महिला गरि दुई चरणमा हुनेछ । खुल्ला तर्फ नारायणी नदी किनारबाट रत्ननगरको निपनी सम्म १५ दशमलब ४ किलोमिटर र महिला तर्फ टिकौली जंगलको मुख्य भागबाट सुरु भई निपनी सम्म पाँच किलोमिटर दुरी कायम गरिएको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय धाबकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरु, सिमान्तकृत चेपाङ समुदायका धावकहरुले प्रतिस्पर्धा गर्ने रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
भरतपुर भ्रमण वर्षलाई प्रवर्द्धन साथै समग्र चितवनको पर्यटन प्रवर्धन र रोटरीको जनाविश्वास अभिवृद्धि गर्ने उद्देश्यले मिनी म्याराथुन आयोजना गरिएको हो । धावक तथा प्रतियोगीहरुलाई दुवै विधामा पुरस्कृत गरिने छ। खुल्ला तर्फ प्रथम पुरस्कार रु .१ लाख नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, द्वितीय पुरस्कार रु.५० हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, तृतीय पुरस्कार रु. २५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार रु.१० हजार नगद सहित प्रमाणपत्र, पाँचौ पुरस्कार रु.५ हजार नगद सहित प्रमाणपत्र, छैठौ देखि दसौ स्थानसम्म रु.३ हजार सहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङलाई रु.२ हजार नगद प्रदान गरिने छ ।
महिला तर्फ प्रथम पुरस्कार रु.२० हजार नगद सहित चाँदीको तक्मा एवं प्रमाणपत्र, द्वितीय पुरस्कार रु.१० हजार नगद सहित चाँदीको तक्मा एवं प्रमाणपत्र, तृतीय पुरस्कार रु.५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार रु.३ हजार नगद सहित प्रमाणपत्र, पाँचौ पुरस्कार रु.२ हजार ५ सय नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौ स्थान सम्म रु.२ हजार नगद सहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङ महिलालाई रु.१ हजार नगद प्रदान गरिनेछ ।
प्रतियोगिताकम लागि महालक्ष्मी बिकास बैंकबाट टिसर्ट सौजन्य स्वरुप रु. ३ लाख, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले खुल्ला तर्फको प्रथम पुरस्कार बापत रु. १ लाख, गुरु ट्राभल्स काठमाडौँबाट रु. १ लाख र अंकुरम पोलिक्लिनिक रत्ननगरबाट महिला लक्षित प्रतियोगिताको प्रथम पुरस्कार बापत रु. २० हजार सहयोग गरेका छन् ।
प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले र महिला लक्षित प्रतियोगिताको उद्घाटन रोटरीका गभर्नरबाट तथा पुरस्कार वितरण एवं समापन होटल स्टार चितवन रत्ननगरको सभाहलमा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा हुनेछ ।
आन्य समाचारहरु:-
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर १२ मा नकआउट फुटबल सुरु
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]