कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मगर विद्यार्थीको हाजिरीजवाफमा प्रीज्मा आले मगरको समूह प्रथम

नारायणगढ । नेपाल मगर विद्यार्थी संघ चितवनले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा उपाध्यक्ष प्रीज्मा आलेमगरको समूह प्रथम भएको छ । मङ्गलबार नेपाल मगर संघको ४२औँ स्थापना दिवसको अवसरमा नारायणगढमा भएको हाजिरीजवाफ प्रतियोगितामा उपाध्यक्षको समूहले प्रथम स्थान हासिल गर्दै नगद एक हजार राशिसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ ।
यस्तै सहसचिव एलएक्स पेमीमगरको समूहले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । अध्यक्ष मिलन पाटामगरको समूहले तृतीय र सचिव प्रतिक थापामगरको समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । मगर विद्यार्थी संघ चितवनको वर्तमान कार्यसमितिभित्रको पदाधिकारी पदमा रहेका व्यक्तिहरुको समूह बनाइ हाजिरीजवाफ खेलाइएको विद्यार्थी संघका सल्लाहकार ईश्वर रानामगरले जानकारी दिए ।
पाँच वटा समूहमा प्रतिसमूह पाँच/पाँच जनालाई सहभागी गराइएको थियो ।
विद्यार्थीहरूलाई मगर जाति र समुदायसँग सम्बन्धित विगत र वर्तमानबारे जानकारी गराउने उद्देश्यले मगर दिवसकै अवसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

