Listen Live: 

फोनिज चितवनले बुझायो पत्रकार महासंघलाई बुझायो स्मरण पत्र

Radio Chitwan
मङ्लबार, फाल्गुन १५, २०८०

चितवन, फागुन १५–

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवन शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै महासंघलाई ज्ञापन पत्र बुझाएको छ ।
शाखा अध्यक्ष रमेश राना मगरको नेतृत्वमा पुगेको फोनिज टोलीले नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई सातदिने अल्टिमेटम सहित स्मरणपत्र बुझाएको हो । पत्रकार महासंघको संस्थापकको विषयमा धेरे विवाद नल्याउने भन्दै यस अघिनै ज्ञापन पत्र बुझाईसकेकोले यो पटक सोही ज्ञापनपत्रलाई स्मरण गराएको हो ।

नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजहरुमा संस्थापक अध्यक्ष कृष्णवहादुर भट्टराई भएको भन्दै गलत नजिर बसाउन खोजेकाले तत्काल सच्याउन माग गरिएको छ । फोनिजका संघीय सदस्य चित्रबहादुर गुरुङले गलत दस्तावेज सच्याउन आग्रह गरे । यो विषयलाई गम्भीरताका साथ नलिए सात दिनभित्र पत्रकार महासंघको संघीय कार्यालय सहित देशैभरका शाखाहरुमा तालाबन्दी गरिने समेत स्पष्टपार्नुभयो । उहाँले थप आन्दोलनका अन्य कार्यक्रमको बारेमा समेत जानकारी दिनुभयो ।

स्मरण पत्र बुझेलगतै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले प्राप्त स्मरण पत्रलाई आजै केन्द्रीय कार्यालयमा पठाइने बताउनुभयो । लामो समय देखि संस्थापकको विषयमा फोनिजले गम्भीर विमती राख्दै आएपनि पत्रकार महासंघले यो विषयलाई गम्भीरताका साथ लिएको छैन । तथ्यहरूले ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार सङ्घ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई सङ्गठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निःसन्देह गलत काम आज बुझाइएको स्मरण पत्रमा भनिएको छ।

तत्कालिन बेला पत्रकारहरुलाई संगठितगर्दै नेपाल पत्रकार संघको नाममा संगठितगर्ने काम सत्यनारायणबहादुर श्रेष्ठले गर्नुभएको फोनिजजको दावी छ । विसं २००८ वैशाख ९ गते भएको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ गठन गरेको थियो ।

फाृेनिज चितवनका अध्यक्ष रमेश राना मगरको नेतृत्व, संघीय समिति सदस्य सन्तकुमार चौधरी, पूर्व संघीय सदस्य राजु चौधरी, सल्लाहाकार महेन्द्र श्रेष्ठ लगायत विभिन्न जातिय पत्रकार संगठनका प्रतिनिधिहरु पुगेर स्मरण पत्र बुझाएका हुन ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram