Listen Live: 

गैँडाकोटमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते

Radio Chitwan
बुधबार, चैत्र १६, २०७८

नवलपुर, १६ चैत्र । पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर–१५, अमरापुरीमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ५९२२ नम्बरको ट्रकमा सोही दिशा (गुल्मीबाट काठमाडौँ) आउँदै गरेको लु २ ख ४२३४ नम्बरको बस ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा हुँदा बसमा सावर ४० जनामध्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको प्रहरीले जनाएको छ।
ट्रक र ट्रकका चालक भने अस्थायी प्रहरी पोष्ट बेल्डियाको नियन्त्रणमा छन्। दुर्घटनामा परी रूपन्देही, गुल्मी, रोल्पा र अर्घाखाँचीका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था सामान्य छ भने केहीको मध्यम रहेको प्रहरीले जनाएको छ।

आन्य समाचारहरु:-
August 23, 2024
मकवानपुरमा भएको छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएका दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भीरबाट खसेको ढुङ्गाले लागेर मकवानपुरको बकैया गाउँपालिका–६ सानो ज्यामिरे निवासी […]

August 23, 2024
तनहुँ दुर्घटनाः २७ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई […]

August 23, 2024
बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आज भएका दुईवटा बस दुर्घटनाका घाइतेहरूको उचित उपचार प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । कांग्रेस वर्तमान सत्ता गठजोडको प्रमुख घटक हो । दुर्घटनापश्चात्‌ […]

July 12, 2024
नारायणगढ–मुग्लिनमा खसेको पहिरोले दुई वटा बस बगायो,

चितवन, असार २८- नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram