Listen Live: 

भ्रमण बर्ष सफल पार्न वडा – वडामा तीव्र प्रतिस्पर्धा

Radio Chitwan
आइतवार, फाल्गुन १३, २०८०

चितवन: भरतपुर वडा नं १२ का वडाअध्यक्ष हरी पन्तले कस्तुरी टोल बिकास संस्थाको बैठकमा भने,‟महानगरपालिकामा क्रिकेट खेलमा जित्ने र हार्ने युद्ध जस्तो च्यालेन्जिङ भएको छ,अहिले अरु ध्यान छैन भ्रमण बर्षको बारेमा कुन वडाले कस्तो काम देखाउ‘छ भन्ने छ त्यसैले हामी सबै जुटौं । ”
यहीबाट प्रष्ट हुन्छ की भरतपुर भ्रमण बर्षलाई प्रत्येक वडाले आफ्नो पहिचान र अस्तित्वसंग पनि जोडेका छन् । हिजोआज भरतपुरका चोक,गल्ली,चौतारा र घरघरमा पनि भरतपुर भ्रमण बर्षबारे चर्चा भएको सुनिन्छ । भरतपुरका २९ वटै वडा अध्यक्षहरु भ्रमण बर्षको उद्घाटन समारोहमा आफ्नो वडाबाट कसरी व्यापक जनसहभागिता गराउन सकिन्छ भन्ने प्रयत्नमा जुटेका छन् । महानगरको एक कार्यक्रममा भेटिएका भरतपुर १३ का वडाअध्यक्ष प्रकाश दवाडी भ्रमण बर्षको उद्घाटन समारोहमा वडा अध्यक्षहरुको तीव्र प्रतिष्पर्धा चलिरहेको बताउछन् ।

वडाका बिभिन्न टोलमा सरसफाई,बृक्षारोपण,खेलकुद प्रतियोगिता,राजनीतिक दल,युवा क्लव,आमा समूह,बौद्धिक बर्ग,आदिवासी,जनजाति आदि सबै पक्षलाई समेटेर वडास्तरमा अन्तरक्रिया र छलफल चलाईरहेको वडा नं २२ का अध्यक्ष बिष्णुराज महतोले बताए । उनले भने,“भ्रमण बर्ष भरतपुरबासीका लागि उत्सव हो,यो भरतपुर र सिंगो चितवनको बिकासका लागि दीर्घकालिन अभियान भएकोले सबै वडाबासी अत्यन्तै उत्साही छन् ।”

त्यस्तै उत्साह भरतपुर २३ मा पनि छ । वडाअध्यक्ष दिपक दवाडी आफ्नो टिम लिएर वडाको बिभिन्न आमा समूह र टोल बिकास संस्थामा पुगिरहेका छन् । उनी भन्छन्,“पर्यटकीय स्थलहरुमा पर्यटक आउ‘दा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा हामी बिशेष ध्यान दिइरहेका छौं ,अर्कोतर्फ उद्घाटन समारोह एक बिशेष उत्सव भएकोले सबै वडावासीको सहभागितामा व्यापक र उत्कृष्ट बनाउने योजना बुनिरहेका छौं ।”भरतपुर महानगरले फागुन १८ गते तदनुसार मार्च १ सन् २०२४ मा नारायणी नदी किनारमा भव्य समारोहको आयोजना गरी भरतपुर भ्रमण बर्षको औपचारिक रुपमा शुभारम्भ गर्देछ ।

उद्घाटन समारोह अघि हुने ¥यालीमा वडास्तरबाट सबै समुदायलाई समेटेर झाँकी ,बाजागाजा,भेषभुषा,संस्कृति,सभ्यता आदिलाई जोडेर बिशाल ¥यालीको आयोजना गरिएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन् । सो ¥यालीमा उत्कृष्ट हुने वडाहरुलाई महानगरले नगद पुरस्कारको समेत व्यवस्था गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सो समारोहमा नेपाल सरकारमा मन्त्रीहरु,सातवटै प्रदेशका मुख्यमन्त्री,मन्त्रीहरु,सांसदहरु र अन्य बिशिष्ठ पाहुनाहरुलाई आमन्त्रण गरिएको प्रमुख दाहाले बताइन् । भरतपुर भ्रमण बर्षले भरतपुरको मात्रै नभई सिंगो चितवनको बिभिन्न पक्षको प्रवद्र्धनका लागि दीर्धकालिन प्रभाव राख्ने भएकोले सबै चितवनबासीलाई यसको प्रचारप्रसारमा लाग्न आग्रह पनि गरिन् । बिशाल दुई ठूला नदीहरु रापती र नारायणीको काखमा रहेको भरतपुर प्राकृतिक रुपले निकै सुन्दर भएको र संसारकै पर्यटकीय गन्तव्यमा पहिचान दिन सक्ने गरी बिकास अगाडि बढेकोले समग्र नीजि क्षेत्रले यसको अपनत्व लिनुपर्ने उनको भनाई छ ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले राप्ती दून उपत्यकाको बिकाससंगै बस्ती बस्न शुरु भएको भरतपुर स्थापनाको करिव ७० बर्ष पार गरिरहेको समयमा आयोजना गरिएको भरतपुर भ्रमण बर्षले भरतपुरलाई नयॉ पहिचान दिने बिश्वास व्यक्त गर्छन् । उनले सबै राजनैतिक दल र समाजका बिभिन्न पक्षहरु मिलेर नै भरतपुरको बिकास संभव भएकोले भरतपुर भ्रमण बर्ष सफल पार्न पनि एकपटक सबैलाई एकिकृत हुन आव्हान गरे ।

भरतपुरका सबै वडाअध्यक्ष र जनप्रतिनिधी एवम् सबै कर्मचारीहरु भ्रमण बर्षको अभियान सफल पार्न तल्लो तहबाटै लागिरहेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले बताए । भरतपुर भ्रमण बर्षले सिंगो देशलाई नै सन्देश दिनेगरी तयारी भईरहेको उनको भनाई छ ।भरतपुरमा सुर्योदय देखि सुयास्त सम्म देखिने भौगोलिक स्थान छन् । दुर्लभ एकसिंगे गैडा,बाघ,हात्ती लगायत जंगली जनावरहरुको अवलोकन,नारायणी र रापती नदीमा बोटिङ,जीप सफारी,हात्ती सफारी,देवघाट,मौलाकालिका जस्ता धार्मिक क्षेत्रको अवलोकन,प्याराग्लाईडिङ जस्ता रोमाञ्चक क्रियाकलापमा पर्यटकहरुको आकर्षण छ ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram