चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
भरतपुर भ्रमण बर्षको तयारी तीब्रः प्रधानमन्त्रीले उद्घाटन गर्ने,सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण
भरतपुर,फागुन १२-
भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका लागि तयारी गरिरहेका छन्। भ्रमण बर्षको यहि फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने नगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । सो अवसरमा संघीय सरकारका मन्त्रीहरु,अन्य बिशिष्ट व्यक्तित्वहरु, सात वटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरिएको छ। समारोह हुने स्थान नारायणी नदी किनारलाई सम्याउने,हरियाली बनाउने काम भएको छ। करिव ५० हजार व्यक्ति सहभागी हुने सो समारोहका लागि मञ्च निर्माणको काम भईरहेको भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो।
उद्घाटन समारोहसँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ। राष्ट्रिय कलाकारहरु बद्री पंगेनी,राजु परियार,समिक्षा अधिकारी, एलिना चौहान,बिन्दु परियार ,रितु कँडेलले साँस्कृतिक प्रस्तुति दिनेछन्। फागुन १८ गतेको समारोह अघि बिहान ११ बजे भरतपुरका सबै वडाहरुले नेतृत्व गर्दै झाँकी, बाजागाजा,आदिवासी जनजातिहरुको भेषभुषा सहितको र्याली निकालिने छ। उत्कृष्ट हुने वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ।
यसैबीच शनिबार मात्रै भरतपुर भ्रमण बर्षको मूल समारोह समितिको बैठक समेत बसेको छ। बैठकमा सहभागीहरुले भरतपुर भ्रमण बर्षले भरतपुरसँगै सिङ्गै चितवनको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भएकोले सबै चितवनबासीलाई सहभागी हुन आग्रह गरेका छन्।
भरतपुरले मुख्य ७ र अन्य गरि २१ वटा गन्तव्यको पहिचान गरि व्यापक प्रचारप्रसार गरिरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज ,मेघौली, गोलाघाट, जगतपुर, पटिहानी, विसहजार, बाटुलीपोखरी, ज्ञानेश्वर व्लक,नारायणी र राप्ती नदी, धनगढा मन्दिर ,राईनो ताल, कविलासगढी आदि भरतपुरका मुख्य पर्यटकीय गन्तव्यहरु हुन्। भरतपुरका सानाठूला होटलमा गरी करिव ७ हजार बेड क्षेमताका होटलहरु संचालनमा रहेका छन ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]