Listen Live: 

पिठुवा खानेपानीकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ विजयी 

Radio Chitwan
आइतवार, फाल्गुन ६, २०८०

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
छैठाैं बार्षिक साधारण सभा तथा तेस्राे अधिवेशन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई फराकिलाे मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।

कुल खसेकाे २१४ मत मध्ये श्रेष्ठले  १२८ र लामिछानेले ७८ मत प्राप्त गरेका हुन । श्रेष्ठ वडा नं १४ का निर्वमान अध्यक्ष हुन भने लामिछाने संस्थाका सचिव हुन । संस्थाका उपाध्यक्षमा तुल बहादुर रायमाझी विजयी भएका छन् । रायमाझीले ११९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी गाेकर्ण बहादुर श्रेष्ठले ८१ मत प्राप्त गरेकता छन् ।

सचिवमा रुपेश तिवारी विजयी भएका छन् । तिवारले  ११४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी मदन भूजेलले ९० मत प्राप्त गरेका छन् । काेषाध्यक्षमा विमला पाण्डे बन्जरा विजयी भएकी छन् । बन्जराले ११६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी गीता भण्डारीले ८६  मत प्राप्त गरेकी छन् ।

सहसचिवमा विमला न्याैपाने विजयी भएकी छन् । न्याैपानेले ११० मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्द्धी निर्मला बस्ताकाेटीले ८९ मत प्राप्त गरेकी छन् । लेखा समिति संयाेजकमा गाैमतबाबु अर्याल निर्वाचित भएका छन् । उनले १०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी प्रल्हाद अर्यालले ९३ मत प्राप्त गरेका छन् । लेखा समिति सदस्यमा बाबुराम पन्त १११ मत  र विष्णुप्रसाद लम्साल १०० मत प्राप्त गरि विजयी भएका छन् ।

वडा नं १४ काे वडासंयाेजकमा निधनाथ अर्याल ४४ मत, वडा नं १५ काे वडासंयाेजकमा बाबुराम ढकाल ४६ मत र वडा नं १६ काे वडा संयाेजकमा डिल्लीप्रसाद गाैतम २९ मत प्राप्त गरि विजयी भएका छन् । निर्वाचनमा नेपाली काँग्रेस, रास्वपा, राप्रपा र समाजबादी निकट उपभाेक्ताकाे एउटा समूह र नेकपा एमाले र माओवादी केन्द्र निकट उपभाेक्ताहरुकाे अर्काे समूह निर्वाचनमा हाेमिएका थिए ।

चार दलीय गठबन्धनकाे तर्फबाट  समाजबादीका नेता श्रेष्ट र दुई दलीय गठबन्धनकाे तर्फबाट माओबादीका लामिछानेकाे नेतृत्वमा समुह तयार गरिएकाे थियाे । रत्ननगर वडा नं १४, १५ र १६ का बासिन्दालाई खानेपानी वितरण गर्दै आएकाे साे संस्थाकाे ३ हजार ३४५ जना उपभाेक्ता रहेका छन् ।

आन्य समाचारहरु:-
April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram