कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
होटल व्यवसायी महासंघको साधारण सभा : होटललाई पर्यटन उद्योगको मान्यता दिन माग

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ ओैं केन्द्रीय साधारण सभा शुक्रबार चितवनको रत्ननगरमा गरिएको छ ।
साधरण सभाको बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरेका थिए । सो अवसरमा उनले पर्यटन क्षेत्रको विकासको लागि प्रदेश सरकारले परिणाममुखी काम गर्ने तयारीमा रहेको बताए ।

होटल व्यवसायीलाई समेत फाइदा पुग्नेगरी होटल तथा पर्यटनको क्षेत्रमा परिणामुखी काम गर्ने उनले बताए । तीन तारे होटलसम्म प्रदेशको अधिकार भित्र रहने गरि पर्यटन ऐन ल्याउने तयारी गरिएको बताए । प्रदेश सरकारले भ्रमणवर्ष घोषणा गरिसकेको भन्दै उनले भ्रमण वर्षलाई सफल बनाउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।

सोही कार्यक्रममा बोल्ने अगुवा होटल व्यवसायीहरुले होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग गरेका छन् । नेपालमा पर्यटन विकासमा योगदान दिँदै आएको होटल व्यवसायीलाई राज्यले उपेक्षा गरेको भन्दै उनीहरुले मुलुकको अर्थतन्त्र सुधारको लागि होटल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने बताएका हुन् । कार्यक्रममा महासंघको अवधारणा सार्वजनिव गर्दै अध्यक्ष दिनेशकुमार चुकेले कोरोना र आर्थिक संकटको चपेटामा परेको होटल व्यवसायलाई जोगाउन होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिनुपर्ने बताए ।

उनले देशभरी रहेका ८० हजार होटल तथा रेष्टुरेन्ट व्यवासयीको अधिकारका लागि सुरक्षाको प्रत्याभूति हुने गरि पर्यटन ऐन संशोधन गर्नुपर्ने बताए । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष माधवकुमार नेपालले संकटमा रहेको होटल व्यवसायीको सुरक्षाका लागि सरकारले व्यवसायीलाई सहुलीयतपूर्ण ऋण लगानी गर्नुपर्ने बताए ।

पर्यटन, लजश्रोत र कृषिबाट वर्तमान आर्थिक संकटका सामधान गर्न सकिने भन्दै उनले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले पर्यटन विकासको लागि पूर्वधार निर्माण र गुणस्तरका ध्यान दिनुपर्ने बताए । महासंघमा वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकोटा, महासंघका संरक्षक अमृतबहादुर भूजेल, चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपाने, गैरआवासीय नेपाली संघका उपमहासचिव सोमप्रसाद सापकोटा, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

महासंघका अध्यक्ष चुकेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव शंकर भण्डारीले सञ्चालन गरेका थिए । साधारण सभामा ५५ जिल्ला ३०० बढी प्रतिनिधि र परिवेक्षक सहभागी छन् । साधारण सभामा कलंकी होटल व्यवसायी संघ, एकता होटल व्यवसायी संघ,संखुवासभा होटल व्यवसायी संघ, गोरखा होटल व्यवसायी संघ, धनगढी होटल व्यवसायी संघ, धार्दिङ व्यवसायी महासंघ, जिल्ला होटल व्यवसायी महासंघ काठमाडौं, होटल व्यवसायी महासंघ गण्डकी र बागमती प्रदेश समितिलाई सम्मान गरिएको छ ।


रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]