Listen Live: 

सकियाे सौराहा फुड फेस्टिबल : पर्यटन प्रबर्द्धनमा फेस्टिबल सफल

Radio Chitwan
शुक्रबार, फाल्गुन ४, २०८०

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आयाेजना गरिएकाे १८औं सौराहा फुड फेस्टिबल विहीबारराती सकिएकाे छ । प्रणय दिवसकाे अबसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिबल आयोजना गरेकाे थियाे । पाँच दिन सम्म सञ्चालन भएकाे साे फेस्टिबल पर्यटन प्रबर्द्बनका हिसाव सफल भएकाे रेवान साैराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए । फेस्टिवलकाे करिब ३० हजार पर्यटकले अबलाेकन गरेका छन् । चार दिन प्रवेश शुल्क नि:शुल्क गरेकाे रेवानले प्रणय दिवसकाे दिन फागुन २ गते मात्र प्रवेश शुल्क लिएकाे थियाे । साे दिन १२ हजार बढीले फेस्टिबल अबलाेकन गरेकाे अध्यक्ष गिरीले बताए । साैराहाका व्यवसायीले मुनाफा आर्जन गर्नु भन्दा पनि साैराहामा पर्यटक भित्र्याउन हरेक बर्ष फेस्टिबल गर्दै आएका छन् । एक दिन लगाइएकाे प्रवेश शुल्क बापत भएकाे आम्दानी साैराहाकाे साैन्दर्यकणका लागि खर्च गर्ने याेजना रहेकाे अध्यक्ष गिरीले बताए ।

फेस्टिबल अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार र विभिन्न प्रतियाेगिता गरिएकाे कार्यक्रम संयाेजक सुर्यबहादुर रिमालले बताए । समापन कार्यक्रममा वेटर रेस, विद्यालय स्तरीय नृत्य प्रतियाेगिता, ब्याडमिन्टन प्रतियाेगिता र म्युजिकल चियर प्रतियाेगितामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा फेस्टिबल सफल बनाउन सहयाेग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । साेही कार्यक्रममा रक्तक्यान्सरबाट पीडित व्यवसायी राजन तामाङकी धर्मपत्नीकाे उपचारकाे लागि रेवान साैराहाले १५ हजार र सपना भिलेज साेसल इम्प्याक्टले १५ हजार आर्थिक सहयाेग गरेका थिए । त्यसैगरी फेस्टिबलमा रहेका हाेटल तथा रेष्टुरेन्टका स्टलहरु मध्ये तीन वटालाई उत्कृष्ट छनाैट गरिएकाे छ । छनाैट प्रतियाेगितामा हाेटल आईकावा प्रथम, केसी रेष्टुरेन्ट द्धितीय र हाेली लज तृतीय हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएकाे हाे । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

आन्य समाचारहरु:-
April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram