कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
देशका धेरैजसो ठाउँको मौसम धुम्म, ‘धुलो झार्ने गरी पानी पर्ने सम्भावना तत्काल छैन’

काठमाण्डौ, १६ चैत्र । केही दिनदेखि काठमाण्डौ उपत्यकामा धुलो र प्रदूषणले आकाश ढाकिँदा मौसम खुल्न सकेको छैन । गर्मी बढेसँगै धेरै हावा नचलेको र वायुमण्डलमा भएको धुलोका कणहरू सतहमा झार्ने गरी पानी पनि नपरेका कारण उपत्यका धुलो र प्रदूषणले ढाकिएको वातावरण विभागले जनाएको छ ।
अहिले उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६८ पुगेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थकर मानिन्छ । वायुमण्डल नै प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । हावामा हुने दुई दशमलव पाँच माइक्रोनभन्दा साना धुलोका कणले मानिसको स्वास्थ्यलाई धेरै असर गर्छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का अनुसार हावामा यस्तो कण प्रतिक्युबिक मिटरमा पाँच माइक्रोग्राम हुनुपर्छ । तर अहिले काठमाण्डौ उपत्यकामा त्यसको झन्डै १३ गुणा धेरै अर्थात् प्रतिक्युबिक मिटरमा ६४ दशमलव आठ माइक्रोग्राम रहेको छ ।
अहिले काठमाण्डौ उपत्यकाको वायुमण्लमा देखिएको धुलो हटाउन कि जोडले हावा चल्नुपर्ने कि ठूलो पानी पर्नुपर्ने वातावरणविदहरू बताउँछन् । तर धुलो झार्ने गरी ठूलो पानी पर्ने सम्भावना तत्काल नदेखिएको मौसमविद्ले बताएका छन् । बेलुकीपख फाट्टफुट्ट पानी परे पनि प्रदूषण कम गराउने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् बिष्णु घिमिरेले जानकारी दिनुभयो ।
अहिले देशका धेरैजसो सहरी क्षेत्रसहित काठमाण्डौ उपत्यकामा पनि मौसम धुम्म रहेको छ ।
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]