Listen Live: 

साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

Radio Chitwan
मङ्लबार, फाल्गुन १, २०८०

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका कुमार विक द्धितीय, चुलेसी रेष्टुरेन्टका सुनिल सुनार तृतीय र केसी रेष्टुरेन्टका अविनास मैनाली सान्त्वना भएका थिए । प्रतियाेगिताका १६ जनाकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगितामा उत्कृष्ट हुनेलाई रेवान साैराहाका पूर्व अध्यक्ष तथा केसी रेष्टुरेन्टका सञ्चालक नरेश गिरी, खेलकुद व्यवस्थापन समितिका संयाेजक सुजन भट्टले नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।  त्यसैगरी फेष्टिवल परिसरमा गरिएकाे डोरी तान्ने प्रतियोगितामा थ्रि एन्जल रेष्टुरेन्ट सौराहा प्रथम भएकाे छ । प्रतियोगितामा कुमरोज मध्यवर्ती सामुदायिक वन दोश्रो भएको छ । प्रणय दिबसकाे अबसरमा रेवान साैराहाले १८ औं संस्करणकाे फुड फेष्टिवल आयाेजना गरेकाे अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएकाे गिरीले बताए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको छ ।  समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेष्टिबलका संयाेजक सुर्यबहादुर रिमालले जानकारी दिए ।  फेष्टिबलकाे सांस्कृतिक कार्यक्रम तर्फ दैनिक रुपमा चर्चित कलाकारहरुकाे प्रस्तुती भइरहेकाे रेवानका महासचिव नवीन नेपालले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 15, 2024
होटल व्यवसायी महासंघको साधारण सभा रत्ननगरमा हुने

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका […]

February 12, 2024
भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ

चितवन  : भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram