Listen Live: 

रत्ननगर १५ मा ज्येष्ठ नागरिक सम्मान तथा सामाग्री वितरण

Radio Chitwan
सोमवार, माघ २९, २०८०

सुत्केरी तथा गर्भवती आमाहरुलाई कुखुराको भाले वितरण गरेर चर्चामा आएको रत्ननगरको वडा नं. १५ कार्यालयले ज्येष्ठ नागरिक सम्मान तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडाको वार्षिक कार्यक्रम अनुसार वडामा बसोबास गर्ने ७० वर्ष भन्दा माथिका २६९ जना ज्येष्ठ नागरिकहरुलाई सामाग्री वितरण गरिएको हो । वितरण गरिएका सामाग्रीहरुमा अश्वगन्धा चुर्ण, मालिस गर्ने तेल, च्यावनप्रास लगायतका सामाग्री छन्।

कार्यक्रमलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरको सहयोग रहेको थियो। वितरण गरिएका अश्वगन्धा चुर्ण, मालिस गर्ने तेल आयुर्वेद स्वास्थ्य केन्द्र बाट उपलब्ध गराईएको केन्द्र कि कार्यालय प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिईन् ।

सो अवसरमा आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा १२९ जना ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो । यस्तै कार्यक्रममा कुपोषणको शिकार भएका ५ जना सुत्केरी तथा एकजना क्षयरोग पिडितलाई पोषण सामाग्री वितरण गरिएको छ ।

कार्यक्रममा दुई जना ज्येष्ठ नागरिक तथा विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागी भई सिंगो देश र वडाकै नाम राख्न सफल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिक तर्फ ९५ वर्षिय जमानसिङ लो र ९४ वर्षिया छलिमाया घलान छन् । यस्तै खेलाडी तर्फ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फेंन्सीङ खेलका कास्यपदक विजेता राजेन्द्र गजुरेल र हालै थाईल्याण्डमा सम्पन्न छैंग मै ईन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२४ मा स्वर्ण पदक विजेता बन्न सफल सन्देश बस्ताकोटी छन् ।

कार्यक्रमको उद्देश्य बारे संक्षिप्त मन्तव्य राख्दै वडाध्यक्ष आशिक तामाङले ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति गम्भीर भई आयुर्वेद स्वास्थ्य केन्द्र संगको सहकार्य र समन्वयमा औषधीजन्य पदार्थ वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर प्रमुख डा. कोपिला अधिकारी, ज्येष्ठ नागरिक समन्वय समिति रत्ननगर १५ का अध्यक्ष तेजप्रसाद न्यौपाने, अन्य जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram