Listen Live: 

सौराहा फुड फेस्टिबल : खाना, संगित र संस्कृतिको समिश्रण 

Radio Chitwan
शुक्रबार, माघ २६, २०८०

रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । फेस्टिवलमा खाना, संगित र संस्कृति मार्फत पर्यटकलाई आर्कषित गरिदै छ । सफारी पर्यटनको हिसावले विश्वमा परिचित सौराहालाई परम्परागत खाना र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । सौराहामा हात्ती सफारी मार्फत दुर्लभ वन्यजन्तु अबलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउछन् । सौराहा मुलुकको तेस्रो पर्यटकीय गन्तव्य हो । विकास हुँदै गएको सौराहाका व्यवसायीहरुले पर्यटक भित्र्याउन यहाँ दुई महत्वपूर्ण कार्यक्रम बार्षिक रुपमा गर्दै आएका छन् । क्षेत्रीय होटल संघ चितवनले हात्ती तथा पर्यटन महोत्सव र रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनले सांस्कृति फुड फेस्टिबल आयोजना गर्दै आएको छ । सौराहा आउने पर्यटकहरु हात्ती सफारीसंगै यहाँको परम्परागत आदिबासी समुदायको खाना, संगित र संस्कृतिसंग रमाउने गरेका छन् । यतिबेला सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सफारीको अलबा स्थानीय खाना र संस्कृतिसंग रमाउने बाताबरणको तयारीमा व्यवसायीहरु छन् । हात्ती सफारीसंगै पर्यटकहरु आदिबासी समुदायको खाना, संस्कृति र नेपालीमा चल्ने संगितहरु सुन्न मन पराउछन रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले भने खाना, संगित र संस्कृति मार्फत सौराहामा पर्यटक भित्र्याउदै छौं । पाँच दिन सम्म चल्ने फुड फेस्टिबलमा पर्यटकका लागि परम्परागत खाना परिसरमै उपलब्ध गराइने छ । पर्यटकलाई खानाको स्वादसंगै गीतसंगितसंग रमाउने बाताबरण तयार गर्दै छौं उनले भने फेस्टिबल परिसरको अलवा सौराहाको मुख्य बजारहरुमा विभिन्न जातजातीका झाँकी प्रस्तुत गरिने छ । फेस्टिबल परिसरमा खाना तथा गीतसंगित चलिरहदा सौराहाको बजार क्षेत्रमा दैनिक रुपमा लोभलाग्दा झाँकीहरु प्रस्तुत हुनेछन् । सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा यसपटकको फेस्टिकलको मुख्य आर्कषण हो । फेस्टिबलको संस्कृति कार्यक्रम तर्फ राष्ट्रिय स्तरका कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना हुने फेस्टिबलको संस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरुको प्रस्तुती तथा विभिन्न खानाका परिकारहरुसंग रमाउने बाताबरण यहाँका व्यवसायीहरुले तयार गरिरहेका छन् । यस पटक फेस्टिबलको स्थान परिर्वतन गरी बसपार्क जाने सडकको उत्तरतर्फको खाली जमिनमा गरिदै छ । फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले बछौलीचोक देखि सौराहा सम्मको क्षेत्रलाई सिंगारेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष गिरीले जानकारी दिए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए । फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।This image has an empty alt attribute; its file name is ACg8ocLRvNry156FbNJbs41iLy7gjaYOvtdBjWzfA8ygSKMdJVIR=s40-p

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram