१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।
आरआरआरले पहिलो दिनमै ‘बाहुबली–२’ को रेकर्ड तोड्यो, ‘पाँच दिनमै कमायो भारु १०० करोड

मुम्बई । निर्देशक एसएस राजमौलीको चलचित्र ‘आरआरआर’ले पाँच दिनमै सय करोड भारतीय रुपैयाँ कमाएको छ ।
यही २५ मार्चमा रिलिज भएको सो चलचित्रले पाँचौँ दिनसम्म भारतमा ९मंगलबार० भारु १०० करोडको बक्स अफिस कलेक्सन गरेको हो । तर, यो कमाइ चलचित्रको हिन्दी भर्सनको कलेक्सन मात्रै हो ।
कोरोनाकालपछि रिलिज भएका चलचित्रमध्ये चाँडै १०० करोड कलेक्सन गर्ने चलचित्रको रेसमा ‘द कश्मीर फाइल्स’ र ‘गंगुबाई काठियावाडी’लाई आरआरआरले पछि पारेको छ ।
यसअघि, विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ र अक्षय कुमारको ‘सूर्यवंशी’ र आलियाको ‘गंगुबाई काठियावाडी’ले क्रमशः भारु १५।५ करोड र भारु १४।५१ करोड र भारु ८।१९ करोडको बक्स अफिस कलेक्सन गरेका थिए ।
आरआरआरले पहिलो दिनमै ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको थियो । भारतमा मंलबार यो चलचित्र सबैभन्दा धेरै गुजरात, बिहार, उत्तर प्रदेश, राजस्थानमा चलेको थियो ।
जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा रहेको यो चलचित्र हिन्दी, तमिल, तेलूगु र कन्नाडा गरी चार भाषामा रिलिज भएको थियो ।
चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २७ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका […]