Listen Live: 

राप्तीमा सोनाम ल्होछार साँस्कृतिक महाेत्सव सुरु : प्रदेश अर्थमन्त्री लामाद्वारा उद्घाटन

Radio Chitwan
बिहिबार, माघ २५, २०८०

राप्ती । पूर्वी चितवनकाे राप्ती नगरपालिका वडा नं ९ वानग्रुपमा बुधबार देखि प्रथम राप्ती साेनाम ल्हाेछार साँस्कृतिक महाेत्सव सुरु भएकाे छ । श्रीच्योमदेन दे ढा च्योम गुम्बाले तामाङ समुदायको साँस्कृतिक पर्व मंजू श्री सम्बत २८६० डुकः ल्हो (गुरुड वर्ग) सोनाम ल्होछारको अवसरमा महाेत्सब आयाेजना गरेकाे हाे । बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाले एक भब्य समाराेहका बीच महाेत्सवकाे उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा प्रदेश सांसद ईश्वर सापकोटा, नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव गोमान सिंह लामा, खैरहनीका मेयर शशी कुमार खनिया, रत्ननगर नगरपालिका मेयर मेयर प्रलाद सापकोटा, राप्तीका उममेयर देबेन्द्र लामा, निवर्तमान उपमेयर इमान सिंह लामाले मन्तव्य राखेका थिए । गुम्बाका अध्यक्ष देबराज लामाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा राप्तीका वडाध्यक्षहरु सहित नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य अमृत थिङ,नेपाल तामाङ घेदुङ बागमती प्रदेश उपसचिव दिल कुमारी थिङ, नेपाल तामाङ घेदुङ जिल्ला सचिव सन्देश घलान साथै विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधिहरुको उपस्तिथिति थियो माघ २७ गते सम्म उक्त महाेत्सव उद्घाटन पूर्व राप्तीमा भब्य शाेभायात्रा निकालिएकाे थियाे ।पुरानो ल्हो (बिरालो बर्ग) को बिदाई र नयाँ ल्हो (गुरुड बर्ग) को स्वागतको रुपना तामाङ समुदायले सोनाम ल्होछार मनाउदै आएका छन् । तामाङ समुदायकाे परम्परागत संस्कृति जाेगाउन र गुम्वालाई धार्मिक पर्यटकीय स्थलकाे रुपमा विकास गर्न महाेत्सव आयाेजना गरिएकाे गुम्बाका अध्यक्ष देबराज लामाले जानकारी दिए । सोनाम ल्हाेछारलाई थप विशेष बनाउन र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक पर्वकाे रुपमा विकास गरी स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको खरिद बिक्रि, विभिन्न मौलिक खानपिन तथा परिकारहरुको बिक्रि वितरण र स्थानीय व्यवसायीहरुको व्यापार व्यवसाय बृद्बि तथा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महाेत्सव आयोजना गरिए‌को हाे । चार दिन सम्म चल्ने महोत्सबमा तामाङ साँस्कृति कला प्रबर्द्धन हुनेगरी विभिन्न साँस्कृतिक गतिविधिहरु गरिएकाे छ। जसमा तामाड मौलिक खानेकुराहरु, भेषभुषा तथा विभिन्न स्थानीय उत्पादनका सामानहरु लगायतको स्टलहरु रहेका छन्। महोत्सबमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै तामाङ समुदायको लोपन्मुख मौलिक बाजा डम्फु सेलो, खान्दोकी सेलो, म्हेंन्दाे माया सेलाे, फापरे सेलो र स्थानीय ब्याण्डहरूको प्रस्तुति रहने छ । महोत्सबमा चितवन जिल्ला भरिको तामाङ तथा गैर तामाङ, छिमेकी पालिकाहरु राक्सिराङ, मनहरीबाट करिब ५० हजार दर्शकले अबलोकन गर्ने र करिब १ करोड १० लाख बराबरको काराेबार हुने अनुमान गरिएकाे छ । महोत्सवकाे मुनाफाबाट गुम्बाको प्राङ्गणमा २० फिट अग्लो बुद्धकाे मुर्ति स्थापन गरिने छ । महाेत्सवकाे नेपाल तामाङ घेदुङ संघ जिल्ला समिति र राप्ती नगर समिति संरक्षक रहेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram