Listen Live: 

सौराहा फुड फेस्टिबलमा को को आउदैछन कलाकार ! (नामावली सहित)

Radio Chitwan
बुधबार, माघ २४, २०८०

रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलमा सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा सहित राष्ट्रिय स्तरका कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना हुने फेस्टिबलको संस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरुको प्रस्तुती तथा विभिन्न खानाका परिकारहरुसंग रमाउने बाताबरण यहाँका व्यवसायीहरुले तयार गरिरहेका छन् । यस बर्ष फेस्टिबलमा सिन्धुलीको कर्ने मगर बाजा ल्याइदैछ । याक्सिस व्याण्ड सहित द न्याटिभ व्याण्ड र नोटेसन व्याण्डको पनि प्रस्तुती रहने छ । पाँच फागुन ३ गते सम्म सञ्चालन हुने फेस्टिबलमा मेलिना राई, मिलन रेवार, रामेशराज भट्टराई, साहिमा श्रेष्ठ, खेम सेन्चुरी, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, आर्जुन सापकोटा, प्रिती आले, सम्झना भण्डारी, सम्झना लामिछाने मगर, शान्तिश्री परियार र चर्चित हास्य कलाकार पूर्खे बा को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक तथा रेवान सौराहाका महाुसचिव नवीन नेपालले जानकारी दिए । प्रणय दिबसको अबसरमा आयोजित सौराहा फूड फेस्टिबलमा सोही दिन याक्सिस व्याण्ड सहित खेम सेन्चुरी, रमेशराज भट्टराई, सम्झना भण्डारी र पूर्खे बा को प्रस्तुती रहने छ । फेस्टिवलमा स्थानीय कलाकार सहित रत्ननगर कला मन्दिरको समेत प्रस्तुती रहने छ । यस पटक फेस्टिबलको स्थान परिर्वतन गरी बसपार्क जाने सडकको उत्तरतर्फको खाली जमिनमा गरिदै छ । फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले बछौलीचोक देखि सौराहा सम्मको क्षेत्रलाई सिंगारेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई सौराहाको पर्यटनसंग जोड्ने योजना रहेको गिरीले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए । फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram