Listen Live: 

चितवनमा फागुन १९ गते मिनी म्याराथुन : ४०० बढीले प्रतिस्पर्धा गर्दै

Radio Chitwan
सोमवार, माघ २२, २०८०

रत्ननगर । चितवनमा फागुन १९ गते महिला, पुरुप सहभागी रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको सो प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने छ । म्याराथुनमा ४०० बढी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् ।

रोटरी क्लवले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिनी म्याराथुन गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । यस अघि रोटरीले सन २०१९ मा पहिलो संस्करणको मिनी म्याराथुन प्रतियोगिता गरेको थियो । फागुन १९ गते हुने मिनी म्याराथुन दोस्रो संस्करण हो । भरतपुर भ्रमण बर्ष र समग्र जिल्लाको पर्यटन विकासको लागि म्याराथुन प्रतियोगिता आयोजना गरिएको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा रोटरी मिनी म्याराथुन प्रतियोगिताका संयोजक विपिन पोखरेलले बताए ।

पुरुष धावकहरुलाई नारायणगढ देखि रत्ननगरको निपनी सम्म साढे १५ किलोमिटर र महिला धावकहरुलाई भरतपुरको सिमानादेखि रत्ननगरको निपनी सम्म पाँच किलोमिटर दुरी कायम गरिएको पोखरेलले बताए । कार्यक्रम नारायणी नदीको किनारमा उद्घाटन भएर रत्ननगरको निपनी स्थित होटर स्टार चितवनमा समापन गर्ने तयारी गरिएको प्रतियोगिताका संयोजक पोखरेलले जानकारी दिए ।

पुरुष तर्फ प्रथम हुनेलाई एकलाख नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, द्धितीय हुनेलाई ५० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई २५ हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र, पाँचौं हुनेलाई पाँच हजार नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं सम्म हुनेलाई तीन हजार नगद सहित प्रमाणपत्र र दुरी पुरा गर्ने चेपाङ समुदायका धावकहरुलाई जनही २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

महिला तर्फ प्रथम हुनेलाई २० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, द्धितीय हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, तृतीय हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार नगद सहित प्रमाणपत्र, पाँचौ हुनेलाई २ हजार ५०० नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं सम्म हुनेलाई २ हजार नगद सहित प्रमाणपत्र र दुरी पुरा गर्ने चेपाङ महिलालाई एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

१५ किलोमिटरको दुरीमा हुने खुल्ला म्याराथुनमा राष्ट्रिय स्तरका धावकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सहभागिता जनाउने र सीमान्तकृत चेपाङ समुदायको प्रोत्सहानका लागि चेपाङ समुदायबाट प्रतिस्पर्धामा सहभागी गराउने योजना बनाइएको छ । रोटरी मिनी म्याराथुन प्रतियोगिता मार्फत समग्र जिल्लाको पर्यटन प्रर्वद्धन र जिल्लाको पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिताका संयोजक पोखरेलले बताए । पत्रकार सम्मेलनमा रोटरीका असिस्टेन गर्भनर सुरेन्द्रनाथ रेग्मीले समाज रुपान्तरणको लागि रोटरीले अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram