Listen Live: 

लघुवित्त संस्था विरुद्ध संघर्ष समितिको सम्मेलन : निर्णय नमान्ने घोषणा, फेरी सम्मेलन गर्न माग

Radio Chitwan
सोमवार, माघ २२, २०८०

रत्ननगर । लघुवित्त संस्था विरुद्ध संघर्ष समिति नेपालको गैंडाकोटमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले गरेको निर्णयको १० वटा जिल्ला संघर्ष समितिले असहमती जनाएका छन् ।

माघ १५ र १६ गते सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञावलीलाई कार्यकारी अधिकारी प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरिएको थियो । १० वटा जिल्ला समितिले चितवनको राप्तीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी ६ महिना भित्र फेरी प्रथम राष्ट्रिय सम्मेलन गर्न माग गरेका छन् ।

चितवन सहित बाँके, बर्दिया, गोरखा, नवलपुर, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलान्चोक, सप्तरी जिल्ला संघर्ष समितिले सयुक्त पत्रकार सम्मेलनको आयोजना गरी लघु वित्त संस्थाको ज्यादती विरुद्ध लडिरहेको संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा एकतर्फी निर्णय गराउन खोजिएको आरोप लगाइएको छ । १० जिल्लाका संघर्ष समितिले ६ वटा बुँदामा असहमती प्रकट गरेका छन् ।

सम्मेलनमा आर्थिक, संगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत नगरिएको, निर्बाचन समितिले केन्द्रीय समिति गठन नगरी ३५ सदस्यीय सचिवालय गठन गरेको, अध्यक्ष ज्ञावलीले प्रस्तुत गरेको मागपत्रका राजनीति झलक देखिएको, निर्बाचन समितिले उम्मेदवारी दिने बाताबरण सृजना नगरेको, आन्दोलन परिचालन निर्देशिकामा माथी छलफल र बहस हुन नदिएको, अध्यक्षलाई कार्यकारी अधिकार प्रदान गरेको भन्दै त्यसको विरोध गरिएको हो ।

जिल्ला संघर्ष समितिहरुले अध्यक्षतालाई कार्यकारी अधिकार नदिई केन्द्रीय समितिलाई कार्यकारी अधिकार दिनुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष सहित केन्द्रीय सदस्यहरुले समेत सम्मेलनले गरेका निर्णयहरुको विरोध गरेका छन् । केन्द्रीय सदस्य दाता थारुले केन्द्रीय कमिटी विघटन गरी अध्यक्षलाई पूर्ण अधिकार दिएर सचिवालय गठन गर्नु अबैधानिक भएको बताए । हामीले व्यक्तिको विरोध गर्न खोजेका होइनौं उनले भने संघर्ष समिति विधिमा चल्नुपर्छ भन्ने खोजेका हौं । उनले ६ महिना भित्र फेरी प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्न माग गरे ।

केन्द्रीय समिति विघटन गरेर सचिवालय बनाउदा राम्रो सन्देश गएको छैन उनले भने ६ महिना भित्र फेरी सम्मेलन गरी केन्द्रीय समिति गठन गर्नुपर्छ । चितवन जिल्ला अध्यक्ष सुधा पाठकले फागुन १ गतेबाट सुरु हुने काठमाडौं केन्द्रीत आन्दोलनपछि प्रथम राष्ट्रिय सम्मेलन बोलाउन माग गरिन । फागुन १ गतेबाट सुरु हुने निर्णायक आन्दोलनलाई असर गर्ने कुनैपनि गतिविधि सञ्चालन नगर्ने भन्दै उनले आम्दोलनमा सशक्त उपस्थिति जनाउने बताइन् । हामीले आन्दोलनलाई कमजोर बनाउन सम्मेलनको निर्णयको विरोध गरेका होइनौं उनले भनिन् संघर्ष समितिलाई विधि र विधान बमोजिक चलाउन खोजेका हौं ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका केन्द्रीय सल्लहाकार डिसी सुनार, नवलपुर जिल्ला अध्यक्ष टेकबहादुर भूजेल, लुम्विनी प्रदेश समिति सदस्य तथा बाँके जिल्ला सचिव प्रदिप दलामी लगायतले धारण राखेका थिए । पत्रकार सम्मेलन जिल्ला संघर्ष समिति चितवनकी अध्यक्ष सुधा पाठकको अध्यक्षतामा भएको थियो । विगत दुई बर्ष देखि लघुवित्त संस्थाहरुले आफ्ना ऋणि सदस्यहरु माथि गरेको ज्यादती विरुद्ध संर्घष समिति आन्दोलनमा छ ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram